Techie IT
×
गृहपृष्ठकर्पोरेटनेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाधिवेशन फागुन २६ गते

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाधिवेशन फागुन २६ गते


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ र २७ गते वीरगञ्जमा आयोजना हुने भएको छ । कोरोना संक्रमण लगायतका कारणले महाधिवेशन स्थगित हुँदै आएको थियो ।

यस महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै तीन वर्षे कार्यकालका लागि महासंघ केन्द्रीय कार्यसमिति तथा केन्द्रीय महिला उद्यमी समितिको नयाँ नेतृत्व समेत चयन गरिने महासंघले जनाएको छ । महासंघको अहिलेसम्म बागमती, गण्डकी, लुम्बिनी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको अधिवेशन सम्पन्न भइसकेको र १ नं. प्रदेशको अधिवेशन आइतबार हुँदै छ । महासंघको केन्द्रीय महाधिवेशनमा प्रदेश संघ, जिल्ला संघ, वस्तुगत संघ, एसोसियट सदस्य, सहकारी सदस्य र नवीकरणीय ऊर्जाका प्रतिनिधिहरु सहभागी हुनेछन् भने राष्ट्रिय महिला उद्यमी सम्मेलनमा प्रदेश र जिल्ला महिला उद्यमी समितिका महिला प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

यसैगरी महासंघको विधानबमोजिम वस्तुगत संघ, एसोसियट सदस्य, सहकारी सदस्य र नवीकरणीय ऊर्जा प्रत्येकका लागि छुट्टाछुट्टै निर्वाचन क्षेत्र मार्फत मतदान प्रक्रिया अवलम्बन गरिनेछ । विधानअनुसार महासंघको केन्द्रीय कार्यसमिति ९७ जनाको र केन्द्रीय महिला उद्यमी समितिको कार्यसमिति ५५ जनाको हुनेछ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया