Techie IT
×
गृहपृष्ठकर्पोरेटफ्रेसो क्यान्डीको विज्ञापन अभियान ‘फ्रेसो ब्रेथ’ सुरु

फ्रेसो क्यान्डीको विज्ञापन अभियान ‘फ्रेसो ब्रेथ’ सुरु


काठमाडौं । कन्फेक्सनरी कम्पनी सुजल फुड्स प्रालिले ‘फ्रेसो ब्रेथ’ भन्ने नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ । यस विज्ञापन अभियानमा फ्रेसो क्यान्डी भनेकै ताजा श्वास भनेर प्रचार गरिएको छ । कम्पनीका अनुसार फ्रेसो क्यान्डीले स्फूर्तीदायी ताजा श्वास प्रदान गर्नुको आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान सुरु गरिएको हो ।

फ्रेसो ब्रेथले किशोर र युवावर्ग बीचको रमाइलो र स्फूर्तीदायी क्षणहरु चित्रण गर्दछ । किशोर र युवावर्गहरु स्वभावले सामान्यतः चञ्चले र रमाइलो स्वभावका हुन्छन् । फ्रेसो ब्रेथले युवावर्गबीचको सुन्दर रोमान्टिक क्षण चित्रण गरेको छ । यस विज्ञापनका एक किशोर किशोरीप्रति आकर्षित हुन्छन् र फ्रेसो क्यान्डीको ताजा श्वास तथा आत्मविश्वासको कारणले किशोरीसँग त्यो क्षणमा रमाएको देखाइएको छ । डिजिटल बोर्डहरू, सामाजिक साइटहरू, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्महरूमार्फत राज्यभर विज्ञापन गरिएको कम्पनीले जनाएको छ ।

फ्रेसो क्यान्डीपाली मिन्ट क्यान्डी उद्योगमा एक प्रभावशाली हिस्सा भएको क्यान्डी हो । फ्रेसो क्यान्डी मेन्थालिप्टस फ्लेवर क्यान्डी हो, जसले स्फूर्तीदायी सास प्रदान गर्दछ र ताजा स्वास र शीतलताको अनुभूति प्रदान गरेर मुखलाई ताजापन दिन्छ । फ्रेशोको साथै कम्पनीले नेपालको सबैभन्दा प्रतिष्ठित तथा लोकप्रिय कन्फेक्शनरी ब्रान्डहरू चोकोफन, रसिलो, क्रेभ इत्यादिहरु पनि उत्पादन गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया