नेपालमा हुन्डाईको नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ बिक्री सुरु
काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ बिक्री सुरु गर्ने तयारी पूरा गरेको छ । नयाँ आयोनिक हुन्डाई आयोनिक–५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको छ । आयोनिक–५ हुन्डाईको नयाँ आयोनिक लाइनअपअन्तर्गत ‘स्पेसलाइज्ड इजीएमपी ब्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्म’मा बनेको हो । आयोनिक ५ को डिजाइन अत्याधुनिक र आकर्षक छ । यो गाडी अत्यधिक इनर्जी इफिसियन्सी, उत्कृष्ट पर्फर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले जनाएको छ ।
हुन्डाईको ‘रिभोल्युसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनिक–५ मा रियर ह्विल ड्राइभ सिस्टम छ । साथै, यो कारमा सोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्निसन भेहिकल कन्ट्रोलजस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक–५ को लन्चिङसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रिक कारको लागि मात्रै शोरुम सञ्चालनमा ल्याएको छ । ईभीको लागि मात्रै बन्ने शोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनिक र आयोनिक ५ राखिनेछ । इलेक्ट्रिक कार किन्ने ग्राहकलाई यो शोरुमले प्रिमियम एक्सपिरियन्स प्रदान गर्न सफल हुने कम्पनीको विश्वास छ । कम्पनीले ईभी बिक्री मात्र गर्ने नभई नेपालमा ईभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेसनको विस्तार गर्ने समेत तयारी गरिरहेको छ ।
कम्पनीले ईभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेसन स्थापना गरिसकेको पनि जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख सहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादकमध्ये हो । कम्पनीले उत्कृष्ट क्वालिटीको भेहिकल बनाउँदै विश्वका करोडौँ ग्राहकहरुको मन जित्न सफल भएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया