Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिद्धि सिद्धि सिमेन्टको नयाँ वर्षलक्षित आकर्षक उपहार योजना

रिद्धि सिद्धि सिमेन्टको नयाँ वर्षलक्षित आकर्षक उपहार योजना


काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नयाँ वर्ष २०७९ लाई दृष्टिगत गर्दै हात खाली नजाने आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यो उपहार योजना गत फागुन १ गतेदेखि लागू भएको र आगामी वैशाख ३१ सम्म कायम रहने कम्पनीले जनाएको छ ।

यस उपहार योजनाअन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा तिनले विभिन्न आकर्षक उपहार हात पार्न सक्नेछन् । साथै योजनाको अन्त्यमा गोला प्रथामार्फत पाँच जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाडौं–पोखरा भ्रमण प्योकज पनि जित्नसक्ने व्यवस्था मिलाइएको छ ।

कम्पनीका अनुसार यस योजनामा छ हजार बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा : सीजी ४३’ स्मार्ट एलईडी टीभी वा सियाओमी ११ लाइट एनई ५जी ८/१२८जीबी १ थान, पाँच हजार बोराको खरिदमा : सीजी ३२’ स्मार्ट एण्ड्रोइड सीजी३२ बी वा सियाओमी रेडमी नोट १० प्रो एक थान, दुई हजार पाँच सय बोरा खरिदमा : सियाओमी रेडमी ९सी ३२/६४जीबी वा बाल्ट्र बीओटी ११२ ५० लिटर फोस्टर ओभन एक थान, एक हजार पाँच सय बोरा खरिदमा : बाल्ट्रा इन्फ्रारेड इन्डक्सन कुकर वा यासुदा वाईएस–२८एससी २.८ लिटर राइस कुकर एक थान, आठ सय बोरा खरिदमा : रेनकोट एक थान र चार सय बोरा खरिदमा ः हट पट लञ्च बक्स एक थान प्राप्त गर्नेछन् ।

यस्तै कम्पनीले आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ विभिन्न स्थानमा कन्ट्राक्टर मिट (ठेकेदार सम्मेलन)को आयोजना गरेको छ । कम्पनीले शुक्रबार चन्द्रागिरि, शनिबार भक्तपुर तथा ललितपुर र आइतबार बनेपामा कार्यक्रमको आयोजना गरेको हो । कम्पनीले देशका विभिन्न स्थानहरुमा कन्ट्राक्टर मिट सम्पन्न गरिसकेको जनाएको छ । आफ्नो ४३ ग्रेडको ओपीसी सिमेन्टमा केन्द्रित रही कम्पनीले कन्ट्राक्टर मिटको आयोजना गरेको हो ।

निर्माणकार्यमा प्राविधिक रुपमा संलग्न सम्पूर्ण ठेकेदारहरुलाई आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान प्रदान गर्ने तथा सिमेन्टको विशेषतासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा पाँच सयभन्दा बढीको संख्यामा ठेकेदारहरुले अन्तर्क्रियाका लागि सहभागिता जनाएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया