Techie IT
×
गृहपृष्ठकर्पोरेटकोका–कोलाको सबैभन्दा सानो ‘कान्छु प्याक’ नेपाली बजारमा

कोका–कोलाको सबैभन्दा सानो ‘कान्छु प्याक’ नेपाली बजारमा


काठमाडौं । कोका–कोलाले आफ्नो सबैभन्दा सानो र कान्छो उत्पादन कान्छु बोतल नेपालमा ल्याएको छ । यो कान्छु बोतल जम्मा २५ रुपैयाँमा १७५ एमएलको आरजीबी (रिटर्नेबल ग्लास बोतल) प्याकमा उपलब्ध छ । नेपाली भाषाको कोका–कोला लोगोसहित आएको यो कान्छु प्याकले नेपाली उपभोक्ताहरुसँग अझै नजिकको सम्बन्ध जोड्ने विश्वास गरिएको छ ।

कम्पनीका अनुसार यो कान्छु बोतललाई वातावरण–मैत्री बनाउन पुनः प्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहन्छ । यो रिटर्नेबल ग्लास बोतल एक सय ७५ एमएल प्याकमा नेपालको सबै डिपार्ट्मेन्ट स्टोर र किराना पसलहरुमा फ्यान्टा र स्प्राइटको लागि पनि उपलब्ध छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नेपाली उपभोक्ताहरुको चोइसेजहरु अनुसारका प्याकेजिङहरु ल्याउन कम्पनी प्रतिबद्ध रहेको बताए । सोहीअनुसार सबैभन्दा सानो र सबैभन्दा कान्छो प्याक कान्छु बोतल जम्मा २५ रुपैयाँमा बजारमा ल्याएको उनले बताए । फ्यान्टा र स्प्राइटमा पनि उपलब्ध यो प्याकको भरपुर मज्जा लिन सकिने उनले बताए ।

यो नयाँ आरजीबी (रिटर्नेबल ग्लास बोतल) बोतल कोका–कोलाको नेपालमा उपलब्ध पेय पदार्थमध्ये सबैभन्दा सानो बोतल हो । यसको आगमनसँगै नेपाली उपभोक्ताहरूलाई भिन्न–भिन्न अवसरमा भिन्न–भिन्न पेय र प्याकेजिङ विकल्प प्रदान गर्ने कोका–कोलाको निरन्तर प्रतिबद्धता थप प्रमाणित भएको छ । यस्तै बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले यो नयाँँ कान्छु प्याक सबैभन्दा अफोर्डेबल मात्र नभएर यसको प्याकेजिङ नै विशेष गरी नेपाली उपभोक्ताहरुलाई ध्यानमा राखेर नेपाली नाम र नेपाली लोगोसहित डिजाइन गरिएको बताए । आफ्ना स्थानीय उपभोक्ताहरूसँग बलियो सम्बन्ध निर्माण गर्ने ब्रान्डको दृढ प्रतिबद्धताअनुसार कोका–कोलाले नेपाली उपभोक्ताहरूको लागि नेपाली नामसहित प्याकहरू ल्याइरहेको छ । कान्छु बोतलजस्तै कोका–कोलाले सन् २०१९ मा २५० एमएलको जिग्री प्याक लन्च गरेको थियो जुन हल्का भएकोले जहाँसुकै बोक्न र जुनसुकै समयमा पिउन उपभोक्तालाई सजिलो थियो । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया