Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ एमजी जेडएस ईभी नेपाली बजारमा

नयाँ एमजी जेडएस ईभी नेपाली बजारमा


काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले आफ्नो नयाँँ विद्युतीय गाडी एमजी जेडएस ईभी २०२२ सार्वजनिक गरेको छ । नक्साल शोरुममा एक औपचारिक पत्रकार सम्मेलन गरी कम्पनीले आफ्नो नयाँँ विद्युतीय गाडी सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा गाडीको मूल्य पनि सार्वजनिक गरिएको थियो । स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजी जेडएस ईभीमा दुईवटा ब्याट्री प्याकको विकल्पहरू पाउन सकिन्छ । एउटा ५१.५ किलोवाट हाइ–टेक ब्याट्री भएको जसको रेन्ज ३१९ किमि छ भने अर्को ७२.६ किलोवाट ब्याट्री भएको जसको रेन्ज ४४० किमि छ । यसको ग्राउन्ड क्लियरेन्स एक सय ७५ मिमि छ । एमजी जेडएस ईभी २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र सात इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।

एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङसहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजी जेडएस ईभी २०२२ मा १३० एचपीको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर छ । यो ८.५ सेकेन्डमा सय किलोमिटर प्रतिघण्टाको दरमा गुड्न सक्छ । एमजीको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुप, १७ इन्चको डायमन्ड कट एलोय ह्विल्स र २.५ को पीएम फिल्टरलगायत अन्य धेरै सुविधाहरु छन् ।

एमजी जेडएस ईभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, छवटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र तीन सय ६० डिग्री क्यामरा पनि छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया