Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई होस्टेमा हैंसे अफर सार्वजनिक

आईएमई होस्टेमा हैंसे अफर सार्वजनिक


काठमाडौं । आईएमईले बैंक डिपोजिटलाई लक्षित गरी होस्टेमा हैँसे अफर सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी उक्त अफर मंगलबारदेखि सुरु भई आगामी चैत १७ गतेसम्म एक महिना कायम रहने बताइएको छ । ‘होस्टेमा हैंसे’ भन्ने मूलनाराका साथ तयार पारिएको उक्त अफर काठमाडौँ पानीपोखरीस्थित आईएमई केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

अफरअन्तर्गत नेपालभर जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आईएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ । अफर अवधिमा हरेक दिन पाँच जनालाई एक हजार रुपैयाँ, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई २५ हजार रुपैयाँ तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई एक लाख ५० हजार रुपैयाँ रकम पुरस्कारस्वरूप प्रदान गरिनेछ । अफर सार्वजनिक कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले होस्टेमा हैंसे अफर आम सेवाग्राहीहरूले आईएमईप्रति दर्शाउँदै आएको निरन्तर विश्वासको परिणाम भएको उल्लेख गरे । यस्ता अफरहरूले आमसेवाग्राहीहरू र कम्पनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने उनको भनाइ थियो ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्तहरूअनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत गरिनेछ । विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आईएमई ग्राहकहरू यस अफरमा सहभागी हुन योग्य हुनेछन् । आईएमईका संस्थापक, आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आईएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ । सेवाग्राहीहरुले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिट्यान्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिने बताइएको छ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै रहनेछ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया