Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमिहिनेतले बनाएको केविज सञ्चालक सन्मानी भन्छन्– पिजाको लागि केविज पिजेरिया हो नि !

मिहिनेतले बनाएको केविज सञ्चालक सन्मानी भन्छन्– पिजाको लागि केविज पिजेरिया हो नि !


काठमाडौं । घर पाल्पाको तानेसन । पढाइ काठमाडौंको कान्तिपुर इन्टरनेशनल कलेज । बाबुआमाले दुःख गरेर गाउँबाट पैसा पठाउनुहुन्थ्यो । त्यही पैसाले काठमाडौंमा कलेजको फि, कोठाभाडा, साथीभाइसँग हुने रमाइलोको खर्चदेखि रेष्टुरेन्टमा खानेसम्मको खर्च चल्थ्यो । जब होटल व्यवस्थापनमा ब्याचलर गरे, काठमाडौंमा बसेर आफैँले केही गर्नुपर्छ भन्ने हुटहुटी मनमा जाग्यो । त्यही हुुटहुटीको उपज हो यो केविज पिजेरिया’, कलाकार सन्मानी र उनकी श्रीमती कविता रानाले आफ्नो व्यवसायबारे मुस्कुराउँदै भने । यसो भनिरहँदा यी दुईको आँखामा व्यवसायप्रतिको आशा र आफ्नो मिहिनेतप्रतिको विश्वास छचल्किएको देखिन्थ्यो ।

‘हुुन त हाम्रो यो केविज पिजेरिया यहाँ थिएन, पहिला शंखमूलमा थियो, त्यसपछि झम्सीखेलमा स-यौँ । विश्वव्यापी कोभिड–१९ महामारी नियन्त्रणको लागि सरकारले गरेको पहिलो र दोस्रो लकडाउनले हामीलाई शंखमूल र झम्सिखेल दुवै ठाउँबाट लखेट्यो’, सञ्चालक सन्मानी भन्छन्, ‘कोरोना अहिले पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । तर व्यवसायमा हामीले हरेस खाइसकेका छैनौँ । त्यही भएर अहिले केविज पिजेरिया ललितपुरको कुपण्डोल आइपुुगेको छ । हामीकहाँ टि, कफीदेखि भेज र ननभेज सबै किसिमका पिजाहरु उपलब्ध छन् । तीन सय ९० रुपैयाँ सुरुवाती मूल्यदेखि सात सय ९० रुपैयाँसम्मको पिजा हामीकहाँ उपलब्ध छन् ।’

मूल्य सबैथोक होइन । बिक्री गरिने वस्तुु गुणस्तरीय हुनुप-यो । स्वास्थ्यवर्द्धक हुुनुप-यो, अनि खाने ठाउँ पनि शान्त र सफा । यी सबै कुुराको सम्मिश्रण यहाँ छ । त्यसमाथि पनि कस्टुमरसँगको व्यवहार त छँदै छ । ‘यी सबै कुराले गर्दा हामीलाई हाम्रो व्यवसायप्रति आशा जागेको हो’, कविता राना भन्छिन्, ‘जतिखेर घरबाट काठमाडौं बस्नको लागि, पढ्नको लागि पैसा आउँथ्यो, रेष्टुरेन्ट, जाने खाने, नियमितजस्तो हुन्थ्यो । त्यतिखेर रेष्टुरेन्टप्रति त्यस्तो केही सोच आउने थिएन । तर जब आफैँ आत्मनिर्भर हुुनुपर्छ भन्ने लागेर केविज पिजेरिया खोलियो, सडकमा हजारौँ मानिसहरु हिँड्छन्, तीमध्ये केही यहाँ आइदिए हुुन्थ्यो, केही खाइदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ ।’

आफ्नो व्यवसायको भावी योजनाबारे सन्मानी अहिले यही व्यवसायलाई राम्रो बनाउने बताउँछन् । ‘नजिकको क्षेत्रमा होमडेलिभरीको पनि व्यवस्था गरेका छौँ’, उनले भने, ‘व्यवसाय राम्रो हुँदै गएपछि पिजाबाहेक अरु डिसहरु पनि थप्छौँ । अहिले हामीले मात्र चलाइरहेका छौँ, पछि नयाँ स्टाफहरु पनि थप्छौँ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया