Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘वीरगञ्जको गण्डकचोकमा केटीएम मोटरसाइकलको शोरुम’

‘वीरगञ्जको गण्डकचोकमा केटीएम मोटरसाइकलको शोरुम’


वीरगञ्ज। वीरगञ्जको गण्डक चोकमा प्रतिष्ठित ब्रान्ड केटीएम मोटरसाइकलको शोरुमको उद्घाटन भएको छ । किस्तामा समेत केटीएम मोटरसाइकल उपलब्ध गराउने शोरुम इनाया ट्रेडिङ दवारा वीरगञ्जको गण्डकचोकमा खुलेको छ ।

केटीएम मोटरसाइकलको उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य करिमा बेगम, वीरेन्द्र यादव, समाजसेवी सलौदीन अहमद लगायतका व्यक्तिको उपस्थिति थियो । कार्यक्रममा जसपा केन्द्रीय सदस्य बेगमले केटीएम मोटरसाइकलको शोरुम वीरगञ्जमा भएपछि युवापुस्तालाई हेटौंडा जानुपर्ने समस्याको समाधान भएको बताइन् ।

यस शोरुममा हाल चारथरि मोडलका मोटरसाइकल उपलब्ध छन् । शोरुमका प्रोप्राइटर सहिद प्रबेजले अब यहाँका युवाहरुको सपना सपना मात्र नरहने बताए । सपना साकार गर्न किस्ताबन्दीमा समेत केटीएम मोटरसाइकल चलाउन पाइने उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया