Techie IT
×
गृहपृष्ठकर्पोरेटस्प्राइटको मेगा प्रमोसनल क्याम्पेन

स्प्राइटको मेगा प्रमोसनल क्याम्पेन


काठमाडौं । लेमन–लाइम पेयपदार्थ स्प्राइटले गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुवात गरेको छ । कम्पनीका अनुसार यो प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो । यसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको कम्पनीको भनाइ छ । यस प्रमोसनमा स्प्राइटका ब्राण्ड एम्बेसडर अनमोल केसीलाई छायांकन गरिएको छ ।

यस क्याम्पेनअन्तर्गत नौ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् । यो अफरमा सहभागी हुनको लागि उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ अथवा सीधै कम्पनीको वेबसाइटमा लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ । सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् ।

यो योजना फागुन ८ गतेदेखि नै सुरु भएको र चैत १६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागू हुनेछ । बजारमा यो अफर लागू नहुने बोतलहरु पनि उपलब्ध छन् । ग्राहकहरुले पुरस्कार परेको युनिक कोड भएको लेबल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफूसँग राख्नुपर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया