जिपको फुल्ली इलेक्ट्रिक भेहिकल सार्वजनिक
काठमाडौं । विश्वकै चौथो ठूलो अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो ।
अहिले कुनै नाम नदिइएको यो ‘इलेक्ट्रिक भेहिकल’ सुरुमा युरोपमा सार्वजनिक गरिनेछ र त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि ल्याइने कम्पनीले जनाएको छ । यो इभी जिपको लेजेन्डरी क्यापाबिलिटी भएको सेग्मेन्टकै एक मात्र इभी हुनेछ । मंगलबार सार्वजनिक गरिएको पहेँलो रंगको जिप इभीको आकार जिप रेनेगेड र कम्पासको बीचमा रहने देखिन्छ । फ्रन्ट सटमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल रहेको छ र एउटा ग्रिलमा अंग्रेजी अक्षरको ‘ई’ लेखिएको छ, जसको अर्थ इलेक्ट्रिक भन्ने बुझिन्छ । पछाडिको भाग भने टेलपाइप विनाको चेरोकी वा रेनेगेड जस्तो देखिन्छ ।
जिपको ईभीलाई सीईओ कार्लोस टेभेरेसले स्टेलेन्टिसको २०२१ रिभ्युमा पहिलो पटक ‘अनभिल’ गरेका हुन् । उनले सन् २०२६ सम्ममा आफ्नो युरोपेली बिक्रीको शतप्रतिशत इभी हुने लक्ष्य लिएको बताए । त्यसैले जिपका सीईओ क्रिस्टिन म्युनिरले सन् २०२५ सम्म जिपले हरेक सेग्मेन्टमा ईभी ल्याइसक्ने जानकारी दिए । यसले ग्राहकलाई जिरो इमिसन फ्रिडम दिलाउने जिप ब्रान्डको लक्ष्यलाई हासिल गर्न मद्दत पुग्ने पनि बताए । जिपले सन् २०३० को अन्तसम्ममा आफ्नो लाइनअपमा ७५ वटा बीईभी लन्च गरिसक्ने र विश्वभर वार्षिक ५० लाख ईभी बिक्री गर्ने लक्ष्य पनि सार्वजनिक गरेको छ । यसअघि स्टेलेन्टिसले आफ्नो यूएस लाइनअपमा -यांग्लर र ग्रान्ड चेरोकीको फोर बाई ई प्लग इन हाइब्रिड भेरियन्ट थपिसकेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया