Techie IT
×
गृहपृष्ठकर्पोरेटदराजद्वारा ‘आईएमई–पे डे’ को घोषणा

दराजद्वारा ‘आईएमई–पे डे’ को घोषणा


काठमाडौं । अनलाइन बजार दराजले आईएमई–पेसँग साझेदारी गरी हरेक आइतबार ‘आईएमई–पे डे’ सुरु हुने घोषणा गरेको छ । यससँगै दराज र आईएमई–पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई–पे वालेटमार्फत दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम ३५० रुपैयाँ)सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन् ।

साथै दराजका ग्राहकहरूले आफ्नो आईएमई–पे भिसाकार्डमार्फत भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत (अधिकतम पाँच सय रुपैयाँ)सम्मको अतिरिक्त छुटको मजा लिन सक्नेछन् । यो सम्झौता दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र आईएमई–पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्न्यातले हस्ताक्षर गरेका छन् ।

दराज नेपालका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुयाँलले आईएमई–पेसँग साझेदारी गरी आईएमई–पे डे घोषणा गर्न पाएकोमा कम्पनी धेरै उत्साहित भएको बताए ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया