Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘महिन्द्रा केयर फेस्ट’ आयोजना हुने

‘महिन्द्रा केयर फेस्ट’ आयोजना हुने


काठमाडौं । महिन्द्रा चारपांग्रेको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वक्र्स प्रालिले देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।

कम्पनीले आइतबारदेखि फागुन २७ गतेसम्म देशव्यापी रुपमा उक्त केयर फेस्ट आयोजना गर्नलागेको हो । यसमा ४५–पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्ट्मा १० प्रतिशत छुट तथा एक्सेसरिजमा २५ प्रतिशतसम्म छुटको लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकवर्गले नेपालभर रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको छ । यस केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने कम्पनीले अपेक्षा गरिएको बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया