Techie IT
×
गृहपृष्ठकर्पोरेटइलेक्ट्रिक मोबिलिटीको नयाँ ब्राण्ड भिडा बजारमा आउने

इलेक्ट्रिक मोबिलिटीको नयाँ ब्राण्ड भिडा बजारमा आउने


काठमाडौं । मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हिरो मोटोकर्पले इलेक्ट्रिक मोबिलिटीको नयाँ ब्राण्ड भिडा बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी विद्युतीय सवारीसाधनहरू (ईभी)लगायत यसको आउँदो मोबिलिटी समाधानहरूको लागि एकदमै नयाँ पहिचान बनाउन भिडा अनावरण गरेको हो । भविष्यका लागि तयार रणनीतिको केन्द्रीय स्तम्भको रूपमा, विश्वभर गतिशीलता परिवर्तनको नेतृत्व गर्न हिरो मोटोकर्पका अध्यक्ष र सीईओ डा. पवन मुञ्जालले नयाँ ब्रान्डको अनावरण गरेका छन् ।

बिहीबार साँझ दुबईको एक्सक्लुसिभ क्लेरेन्स आइल्याण्डमा आयोजित एक पृथक् प्रकारको कार्बन न्यूट्रल कार्यक्रममा भिडालाई प्रस्तुत गरिएको थियो । कार्यक्रममा डा. मुञ्जालले सय मिलियन अमेरिकी डलरको ग्लोबल सस्टेनेबिलिटी फण्डको समेत घोषणा गरेका थिए । कोषले बीएमएल मुञ्जल विश्वविद्यालय (बीएमयू) र हिरो मोटोकर्पको नेतृत्वमा पृथ्वीमा सकारात्मक प्रभाव पार्ने ईएसजी सोलुसन्समा १० हजारभन्दा बढी उद्यमीहरूलाई बढावा दिने उद्देश्यले विश्वव्यापी साझेदारी स्थापना गर्ने लक्ष्य राख्नेछ । दिगोपनमा ध्यान केन्द्रित भएर भावी पुस्ताहरूका लागि अर्थपूर्ण संसारको रचना गर्ने लक्ष्यका साथ डा. मुञ्जालले कार्यक्रममा आफ्नो लक्ष्यलाई जीवनमा ल्याउनका लागि केन्द्रित कार्य–विन्दुहरू उल्लेख गरे ।

हिरोद्वारा पावर्ड भिडाको नयाँ ब्रान्डको लोगो र ‘सनराइज’ भिजुअल पहिचान अनावरण गर्दै डा. पवन मुञ्जालले भने, ‘भिडाको अर्थ जीवन हो र ब्राण्डको एकमात्र उद्देश्य संसारमा सकारात्मक प्रभाव पार्नु र हामी सबैलाई अर्थपूर्ण दिशामा अगाडि बढाउनु हो ।’ अहिले निर्माण गरिरहेको सामग्रीले आगामी पुस्ताको लागि ज्यादै उपयुक्त हुने उनको भनाइ छ ।

संसारलाई अझ राम्रो स्थान बनाउन १७ हप्तामा कम्पनीले भिडा प्लेटफर्म, उत्पादन र सेवाहरू अनावरण गर्ने समेत उल्लेख गरे । ‘जब म हाम्रा भावी पुस्ताहरू, विशेष गरी मेरा नाति–नातिनाहरूलाई देख्छु, मलाई केवल आशावादी भविष्य, सकारात्मक ऊर्जाको भविष्य, स्वच्छ भविष्य निर्माण गर्ने इच्छा जाग्छ, जहाँ सबैका लागि केही न केही विशेष हुनेछ र सबै ठूलो कुरामा सहभागी हुन सक्नेछन्’, उनले भने, ‘भिडाको सृजनासँगै हामी सबैलाई आफूले चाहेको बाटोमा अघि बढ्दै विस्तार हुन, बढ्न र राम्रोसँग बाँच्ने अवसर प्रदान गर्नेछौँ । यो पहललाई म अगाडिबाटै अगुवाइ गनेर्छु ।’

कम्पनीका अनुसार भिडा, त्यो ब्राण्ड हुनेछ जसअन्तर्गत हिरो मोटोकर्पले विकासशील गतिशीलता समाधानका लागि पहलहरू प्रस्तुत गर्नेछ । जसमध्येको पहिलो विद्युतीय सवारीसाधन आधिकारिक रूपमा जुलाई १, २०२२ मा अनावरण गरिनेछ । नयाँ भिडा मोडलको उत्पादन भारतको चित्तूरमा रहेको हिरो मोटोकर्पको ‘ग्रिन’ उत्पादन केन्द्रमा हुनेछ । सन् २०२२ को अन्तिमतिर ग्राहकहरूलाई बेच्न/प्रदान गर्न सुरु हुनेछ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया