नेपाली बजारमा ओप्पो ए७६ सार्वजनिक गर्ने तयारी
काठमाडौं । ओप्पोले नेपालमा ‘ए’अन्तर्गत नयाँ स्मार्टफोन ओप्पो ए७६ सार्वजनिक गर्ने घोषणा गरेको छ । ओप्पो ए७६मा कम्पनीले आफ्नोे स्वामित्वको ओप्पो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तरता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्कने जानकारी दिएको छ ।
ओप्पो ए७६मा अभूतपूर्व दृश्य अनुभव पस्किने सोचका साथ ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिष्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेस रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिने बताइएको छ । प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यक पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको पाँच हजार एमएएच क्षमताको ब्याट्री पनि उपलब्ध हुने जानकारी दिइएको छ । ओप्पो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनका अनुसार स्टाइल र कार्यक्षमतामा ओप्पो ए७६मा कुनै सम्झौता गरिएको छैन ।
ट्रेण्डी डिजाइनसहितको यो फोनमार्फत सक्रिय अवस्थामा अमूल्य पलहरुलाई तस्बिरमा कैद गर्ने कार्यमा सहजतार्थ उच्चकोटीका एआई सक्षम क्यामेराहरु पनि दिइएको छ । यसमा प्रयोग गरिएको ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको पाँच हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सकिने चिन्ता बिना आफ्नो दैनिकीको मज्जा लिन सघाउने उनले बताए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया