Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजावा मोटरसाइकलको डिलर जनकपुरमा विस्तार

जावा मोटरसाइकलको डिलर जनकपुरमा विस्तार


काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जनकपुरमा नयाँ डिलर खोलेको छ ।

कम्पनीले आफ्नो नयाँ डिलर भाष्कर एन्ड भाष्कर इन्टरप्राइजेज प्रालिको स्थापनासँगै सुसज्जित र पूर्णरूपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको हो । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगञ्ज, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभरूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि जनकपुरमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित थ्रीएस सोरूम स्थापना गरेको कम्पनीले जनाएको छ ।

भास्कर एन्ड भास्कर इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक विनय मनि शर्माकी माता मायादेवी शर्मा र मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले संयुक्तरूपमा सोरुम उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा अग्नि मोटोइंक प्रालिका सेल्स हेड प्रत्युष श्रेष्ठले जावा मोटरसाइकल सहर बजारमा मात्र नभई हाइवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त रहेको बताए ।

अरुभन्दा फरक हुन चाहने, भिडमा आफ्नो छुट्टै पहिचान बनाउन खोज्ने र उच्चस्तरीय, आधुनिक टेक्नोलोजीको रेट्रो क्लास्सिक मोटरसाइकल चढ्न चाहने सबैका लागि भनेजस्तै बाइक जावा नै रहेको नलको भनाइ छ । देशका विभिन्न स्थानहरूमा राम्रो प्रतिक्रिया पाइरहेको जावा मोटरसाइकलले जनकपुरका युवा तथा मोटरसाइकल प्रेमीहरूका बीच पनि सफलता हात पार्ने उनले बताए ।

मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्रीमा निर्मित बबर पेराक मोडलहरू समावेश भएका विभिन्न मोडलका जावा मोटरसाइकलहरू बुक गर्न र थापाचोक, जनकपुर आसपासका क्षेत्रमा टेस्ट राइडको सुविधाप्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया