Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडाबर नेपालद्वारा डाबर वाटिका नेचुरल्स स्याम्पो सार्वजनिक

डाबर नेपालद्वारा डाबर वाटिका नेचुरल्स स्याम्पो सार्वजनिक


काठमाडौं । डाबर नेपालले डाबर वाटिका नेचुरल्स स्याम्पोको नयाँ रेन्ज सार्वजनिक गरेको छ । कम्पनीले हायाट प्लेस, काठमाडौंमा एक–एक कार्यक्रमको आयोजना गरी उक्त स्याम्पोमा सार्वजनिक गरेको हो ।

यो ब्राण्डको अनावरण डाबर वाटिका नेचुरल्स स्याम्पोको सेलिब्रिटी ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काको साथै डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा गरिएको थियो । डाबर नेपालले नेपाली श्याम्पु बजारमा आफ्नो उपस्थिति जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरीय वाटिका स्याम्पो उपलब्ध गराएको छ ।

डाबर वाटिका नेचुरल्स स्याम्पो तीनवटा भेरियन्टमा पाइने कम्पनीले जनाएको छ । ब्ल्याक साइन स्याम्पो कालो र चम्किलो कपालको लागि, थिक एण्ड लङ स्याम्पो बाक्लो र लामो कपालको लागि र एन्टी डन्ड्रफ स्याम्पो चायाँमुक्त कपालको लागि बनाइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण छन् जसले कपालको विशेष समस्याहरुको समाधान गर्छ र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्ग र कन्डिसनिङ दिन्छ ।

डाबर नेपालको व्यापार प्रमुख एचएस बेदीले डाबर वाटिका नेचुरल्स स्याम्पोको लन्च डाबरको उपभोक्तातर्फ प्राकृतिक हेयर केयरमा सबैभन्दा राम्रो समाधान दिँदै आएको प्रतिबद्धताको नतिजा रहेको बताए । कम्पनीको स्याम्पोको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण रहेको उनको दाबी छ ।

यस्तै मार्केटिङ प्रमुख अभय गोर्खालीले डाबर वाटिका नेचुरल्स स्याम्पोको फर्मुला बजारको व्यापक अनुसन्धानपछि १० प्राकृतिक तत्वहरुसहित बजारमा ल्याएको बताए । डाबर वाटिका नेचुरल्स स्याम्पो १७० एमएल, ३३० एमएल र ६५० एमएलका बोतल आकर्षक मूल्यमा बजारमा उपलब्ध छ भने ७ एमएल र ३.५ एमएलमा पनि उपलब्ध छ । ३३० एमएलको बोतलमा पम्पको सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया