Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाईको नयाँ शोरुम भक्तपुरको ‘राधे राधेमा’

हुन्डाईको नयाँ शोरुम भक्तपुरको ‘राधे राधेमा’


काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा विस्तारको क्रममा भक्तपूरको राधे राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । भक्तपुरमा खुलेको नयाँ शोरुमसहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ ।

कम्पनीले सञ्चालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सक्नेछन् । भक्तपुरको राधे राधेमा सञ्चालनमा आएको नयाँ शोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरु शोकेस गरिएको छ । भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्षित गरी सञ्चालनमा ल्याएको यस शोरुममा सेल्स, सर्भिस र स्पेयर्सपाट्र्ससहितको थ्रीएस सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

अन्य शोरुममा जस्तै कम्पनीले उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरुले गाडी खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपाल भरमा १५ वटा शोरुम तथा १९ वटा सर्भिस स्टेसन रहेको छ । हुन्डाई मोटर्स विश्वको उत्कृष्ट पाँच ठूलो अटोमोबाइल उत्पादक कम्पनी हो । हुन्डाईले उत्कृष्ट क्वालिटी तथा आकर्षक डिजाइनका गाडीहरु उत्पादन गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया