कोका–कोला नेपालले एक हजार महिला व्यवसायीहरूलाई ‘सक्षम’ तालिम दिने
काठमाडौं । कोका–कोलाले नेपालको लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमअन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका एक हजार महिला व्यवसायीहरुलाई व्यावसायिक तालिम दिने योजना रहेको कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा ‘दिगो भविष्यको लागि आज लैङ्गिक समानता’ भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममा महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यो कार्यक्रमले महिलाहरुलाई त्यस्तो ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ, जसले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पु-याउन सक्षम बनाउँछ । यो कार्यक्रम महिलाहरुको वित्तीय साक्षरता, आतिथ्य, सरसफाइ र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो । कोका–कोला महिला सशक्तीकरण र समानताबारे विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कम्पनीले महिलालाई सक्षम बनाउने उद्देश्यले पहिला पनि ‘स्टार’ र ‘फाइभवाईट्वान्टी’ जस्ता कार्यक्रमहरु सञ्चालन गरेको बताए । ती कार्यक्रमहरुले महिलाहरुको जीवनमा सकारात्मक परिवर्तन पनि ल्याउन सफल भएकोले पनि कम्पनीले नयाँ अभियान थालेको उनले बताए ।
यो कार्यक्रममा सहभागी महिलाहरुको जीवनमा पनि प्रभावकारी परिवर्तन आउने उनको भनाइ छ । यस्तै बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले नेपालको ग्रामीण तथा सहरी क्षेत्रका धेरैजसो किराना पसल र खाजा घरहरु प्रायः महिलाहरुले नै चलाउने गरेको बताए । कोभिड महामारीले उनीहरुको व्यापारमा धेरै चुनौतीहरु समेत ल्याएकोले यो कार्यक्रममार्फत उनीहरुलाई यस्ता चुनौतीहरुको सामना गर्न सक्षम बनाउने र व्यापारिक क्षमता अभिवृद्धि गराउने लक्ष्य लिएको उनको भनाइ छ । यस कार्यक्रमले महिलाहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्न सक्षम बनाउने र आत्मविश्वास पनि बढाउने उनले दाबी गरे ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- धनगढीमा इ–बीमा स्टार्टअप एन्ड आइडिया फेस्ट
- सहरी पूर्वाधार व्यवस्थित गर्न युटिलिटी कोरिडोर बनाइने
- आगामी आर्थिक वर्षको बजेट र गठबन्धन सरकार
- बलात्कारका घटनामा कस्तो हदम्याद
- पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न विद्यार्थी संगठनहरूको माग
- दोलखाका विद्यार्थीले पाएनन् किताब !
- बाँसबाट उत्पादित वस्तुको आयातमा भन्सार वृद्धि गर्न माग
- कामना सेवा विकास बैंकको ११औँ शाखारहित बैंकिङ सेवा
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया