Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवेस्टर्न युनियनको लक्की ड्र विजेता घोषित

वेस्टर्न युनियनको लक्की ड्र विजेता घोषित


काठमाडौँ, माघ २७
वेस्टर्न युनियनले नेपालमा उपभोक्ता प्रवर्द्धन योजनाअन्तर्गत बम्पर लक्की ड्रको विजेता घोषणा गरेको छ । एक कार्यक्रमबीच महेन्द्र कुमार लामालाई माघ ५ गते विजेता घोषणा गरी १० लाख रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ । यो प्रवर्द्धन दशैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो जहाँ ग्राहकहरुले हरेक हप्ता आफूले प्राप्त गरेको रकमको दोब्बर (बढीमा ५० हजार रुपैयाँसम्म) जित्ने अवसर पाएका थिए ।

प्रवर्द्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेता कारोबारबाहेक)लाई स्वचालित रुपमा बम्बर लक्की ड्रमा समावेश गरिएको थियो । प्रवर्द्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि, नबिल बैंक, डिजिटेक रेमिटान्स प्रालि र सूर्य रेमिट प्रालिबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया