Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘डिशहोममा डिलर दाई डिस्काउन्ट’

‘डिशहोममा डिलर दाई डिस्काउन्ट’


काठमाडौं, माघ २८
डिशहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिशहोममा डिलर दाइ डिस्काउन्ट नामक अफर ल्याएको छ । उक्त योजनाअनुसार डिशहोमका डिलरहरुमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेबापत एड–अन प्याकेजसहित विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ । हप्तामा दुई जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक लाख नगद उपहार जित्ने डिशहोमले जनाएको छ । विक्ली लक्की ड्र कार्यक्रम सोमबारबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागि मात्र लागू हुने बताइएको छ ।

विक्ली लक्की ड्र फागुन २ गतेबाट डिशहोमको शोकेस च्यानल नम्बर १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । प्रत्येक हप्ताको शुक्रबारदेखि बिहीबारसम्म वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुक्रबारको लक्की ड्रमा समावेश गरिने कम्पनीले जनाएको छ । फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र विक्ली लक्की ड्रमा समावेश गरिनेछ ।

समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको क्यास आईडीको आधारमा विजेताको घोषणा गरिने बताइएको छ । विजेताको घोषणा डिजिटल प्रणालीबाट गरिनेछ । नेपालभरि रहेका जुनसुकै डिशहोमका डिलरहरुमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउनसक्ने डिशहोमले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया