Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविराट एक्स्पोको तयारी पूरा

विराट एक्स्पोको तयारी पूरा


विराटनगर, माघ २९
आगामी फागुन २ गतेदेखि १० गते सम्म सञ्चालन हुने विराट एक्स्पो (कुषि तथा औद्योगिक अन्तर्राष्ट्रिय मेला)को तयारी पूरा भएको मेला आयोजकले जानकारी दिएको छ । विराटनगरमा सञ्चालन हुनलागेको विराट एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश लगायत विभिन्न छवटा मुलुकबाट स्टल सञ्चालनक लागि स्टल बुक भई सकेको आयोजक मोरङ उद्योग संगठनका सदस्य तथा मेला स्टल संयोजक विपीन कावराले जानकारी दिए । नौ दिनसम्म सञ्चालन हुने विराट एक्स्पोमा तीन सय ४० स्टल सञ्चालन हुनेछन् ।

मेलामा स्थानीय कृषि उत्पादनलाई विशेष प्रथामिकता दिने बताइएको छ । मेलामा स्टलको मांग बढे पनि स्टल बढाउन नसक्ने अवस्थामा पुगेको आयोजकको भनाई छ । चीनबाट समेत चारवटा स्टल बुक भएको थियो । तर हाल चीनमा फैलिएको कोरानाभाइरसका कारण चीनबाट बुक गरिएका स्टहरु रद्द गरी स्थानीय उत्पादनहरुलाई उपलब्ध गराउने निर्णय गरेको आयोजक मोरङ उद्योग संगठनले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया