Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘गुणस्तरीय सडकको लागि सिमेन्ट प्रयोग गरौं’

‘गुणस्तरीय सडकको लागि सिमेन्ट प्रयोग गरौं’


काठमाडौं, फागुन १
नेपाल सिमेन्ट संघले गुणस्तरीय सडक निर्माणको लागि सिमेन्ट प्रयोग गर्नुपर्ने बताएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष धुव्र थापा सिमेन्ट प्रयोग गरी गुणस्तरीय सडक निर्माण गर्न सकिने बताए । ‘संघ, प्रदेश र स्थानीय तहले पूर्वाधार विकासको पहिलो प्राथमिकतामा सडक राख्ने गरेको छ’, उनले भने, ‘सडक अति आवश्यक विषय भएको हुदाँ यसको निर्माण गर्दा सिमेन्ट प्रयोग गरी सिमेन्ट उद्योगलाई राहत दिनुपर्छ ।

सडक निर्माणको क्रममा सिमेन्ट प्रयोग गर्दा नेपाली मुद्रा विदेश जान पाँउदैन ।’ सिमेन्टी उद्योगीका कारण सिमेन्टमा मुलुक आत्मनिर्भर बनेको बताँउदै उनले भने, ‘सरकारी पक्षबाट सिमेन्ट उद्योगीलाई सहयोग आवश्यक परेको छ । पूर्वाधार निर्माणमा विदेशबाट ल्याउन पर्ने कच्चा पदार्थ भन्दा स्वेशमा भएका वस्तुहरु प्रयोग गुर्नपर्छ ।’ संघका अनुसार दक्षिण एसियामा गुणस्तरीय सिमेन्ट उत्पादन गर्न नेपाली उद्योगी सफल भएका छन् । सिमेन्टबाट निर्मित सडकमा दुर्घटना समेत कम हुनेछ । संघले सडक विभाग तथा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरी अघि बढ्न चाहेको जनाएको छ ।

सडक निर्माणको क्रममा सडक विभागले आगामी दिनमा सिमेन्टको प्रयोग गर्नु भन्ने संघको चाहना रहेको छ । सडक कालोपत्र गर्नको लागि विदेशबाट कच्चापदार्थ ल्याउनु पर्ने तथा महँगो समेत पर्ने हुँदा सिमेन्टमा मुलुक आत्मनिर्भर बनिसकेको अवस्थामा सिमेन्टको प्रयोग गरी सडक निर्माण गरुन् भन्ने संघको भनाइ छ । संघका अधिकारीहरुले सिमेन्ट प्रयोग गरी लामो समय सडक प्रयोग गर्न सकिने दिगोपनको प्रपोज सरकार समक्ष अघि सारेको छ । संघका अधिकारीहरुले सरकारले सिमेन्ट प्रयोग गरी सडकको दिगोपन कायम गरी सेवा प्रदान गरोस् तथा उद्योगलाई समेत प्रवद्र्धन गरोस् भन्ने चाहना रहेको बताएका छन् । यस्तै संघले सरकारलाई सिमेन्ट निर्यातको लागि समेत सहज वातावरण मिलाई दिन आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया