Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभृकुटीमण्डपमा जुत्ता मेला, १५ देखि ५० प्रतिशतसम्म छुट

भृकुटीमण्डपमा जुत्ता मेला, १५ देखि ५० प्रतिशतसम्म छुट


काठमाडौं, फागुन ४
भृकुटीमण्डपमा नेपालका प्रतिष्ठित जुत्ता कम्पनीहरुको मेला सञ्चालन भइरहेको छ । नेपालका पुराना र प्रतिष्ठित कम्पनीहरु शिखर शु, बीएफ डियरहिल, ल्यान्डवास, रन शु र शुल्याण्डले ग्राहकसँगको प्रत्यक्ष भेटघाटको लागि उक्त मेलाको आयोजना गरिएको हो ।

१५ देखि ५० प्रतिशतसम्म छुट रहेको उक्त मेलामा २ सय ५० देखि आठ हजारसम्मका जुत्ता पाइन्छन् भने चप्पल एक सयदेखि एक हजारसम्मका पाइन्छन् । समयमा लाग्ने यस्ता मेलाभन्दा यसपटकको मेला फरक रहेको छ । हजारौं मोडलका जुत्ता चप्पल पाइने उक्त मेलामा बच्चा, युवक, वृद्ध सबैलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छ । जाडो, गर्मी दुवै मौसमलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया