Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी ९ शृंखलाका थप फोन नेपाल आउँदै

रियलमी ९ शृंखलाका थप फोन नेपाल आउँदै


काठमाडौं । नेपालमा रियलमी९ शृंखलाको पछिल्लो थप शृंखला नेपालमा चाँडै ल्याउने भएको छ । रियलमी९ यो सामसङ आईएसओ सेल एचएम६ इमेज सेन्सरको साथ आउने विश्वको पहिलो स्मार्टफोनहरूमध्ये एक हुनेछ, जसले कम प्रकाशमा फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्दछ ।

रियलमी९ स्नाप ड्रागन ६८० प्रोसेसरको साथ आउनेछ जुन ६ एनएम प्रक्रियामा आधारित छ । यो स्मार्टफोन ९० हर्ट्जको सुपर एमोलेड डिस्प्लेसहित १०२४० स्तरको ब्राइटनेस समायोजनको साथमा उपलब्ध हुनेछ ।

यसमा रहेको १६एमपी सेल्फी क्यामेरा फिचरले अँध्यारोमा समेत प्राकृतिक र मुलायम छालाको सेल्फी फोटो लिनको लागि उपयुक्त हुनेछ । यसमा ५००० एमएएचको विशाल ब्याट्री क्षमताका साथ ३३ डब्लु डार्ट चार्ज टेक्नोलोजीद्वारा सुसज्जित हुनेछ ।

यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक ¥याम विस्तार प्रविधि– डीआरई पनि समावेश गर्दछ जसले पहिले अवस्थित ¥याममा ५जीबीसम्म थप्न सक्छ । यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ । यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड रियलमी यूआई ३.० सँग आउनेछ ।

यसमा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन हुनेछ जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ । रियलमी९ यस महिनाको अन्त्यमा धेरै रङ विकल्पहरू र -याम स्टोरेज भेरियन्टहरूमा लन्च हुने अपेक्षा गरिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया