Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबालाजु अटो वर्क्स प्रिभिलेज मेम्बरसिप पुरस्कार वितरण

बालाजु अटो वर्क्स प्रिभिलेज मेम्बरसिप पुरस्कार वितरण


काठमाडौं, फागुन ५
बालाजु अटो वर्क्स प्रिभिलेज मेम्बरसिप पुरस्कार वितरण गरिएको छ । नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्क्स प्रालिले आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रिभिलेज मेम्बरसिप अर्थात् विशेष सदस्यता प्रदान गर्दै आएको छ ।

यस प्रिभिलेज मेम्बरसिप लिएका सदस्यहरुलाई कारोबार रकमको आधारमा पुरस्कृत गर्ने योजनाअन्तर्गत वर्ष २०७६ को सर्वाधिक कारोबार गर्ने सदस्यका रुपमा सुमो कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिले सर्वोत्कृष्ट उपहार प्राप्त गर्न सफल भएको छ । साथै यस प्रिभिलेज मेम्बरसिपअन्तर्गत सम्पूर्ण ग्राहकहरुलाई बालाजु अटो वर्क्सका प्रबन्धनिर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्राका ग्राहक सेवा प्रबन्धक तपस पटनायकले सम्मानित तथा उपहार वितरण गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया