काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा पुनः भाडादर वृद्धि गरेको छ । यात्रुवाहक सवारीसाधनमा तीन दशमलव पाँच प्रतिशत भाडा बढाइएको हो ।
गत चैतमा भाडादर निर्धारण गर्दाभन्दा अहिले डिजेल प्रतिलिटर रु १५ वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा चार दशमलव छ प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा पाँच दशमलव एक प्रतिशत भाडा बढाइएको हो ।
वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गत चैत १७ मा भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १३८ रहेकामा हाल रु १५३ कायम भएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया