गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको पहिलो उडान सेवा
काठमाडौं । कुवेतको अग्रणी एयरलाइन जजिरा एयरवेजले मध्य–पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको सुरुवात गरेको हो । यसबाट मध्य–पूर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्नेछन् ।
कम्पनीका अनुसार यो नेपालमा जजिराको दोस्रो उडान सेवा हो, जसले नेपालको तराई क्षेत्रमा बढ्दै गइरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गत जेठ १ गतेबाट उडान सेवा सुरु भएको थियो । जजिरा एयरवेजका भाइस प्रेजिडेन्ट रविन्द्रन भाराथनले जजिरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँँ–नयाँँ गन्तव्यहरु थप्दै गइरहेको बताए । यसले गर्दा कुवेत र मध्य–पूर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ । उनका अनुसार अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ । यो हवाइ सेवाले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।
आरआर ग्रुप अफ कम्पनिजको भगिनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले ७४ वर्षसम्म काठमाडौंमा मात्र भर परेको अन्तर्राष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठूलो परिवर्तन ल्याउने बताए । साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पु-याउने उनको भनाइ छ । यसले समग्र नेपालकै आर्थिक विकासमा सरोकार राख्ने र यो सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण रहेको उनले बताए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- बझाङमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित
- बैंकिङ कसुरमा युवक पक्राउ
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ सय ३४ संक्रमित थपिए, चार सय ७० घर फर्किए
- चुनाव घोषणापछि दुई ठूला जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनीलाई
- २६ वाणिज्य बैंक: जसले कमाए ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा
- बैंकिङ कसुर मुद्दामा भागेका व्यक्ति कपनबाट पक्राउ
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया