Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई पेबाट हवाइ टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई सुनको सिक्का उपहार

आईएमई पेबाट हवाइ टिकट बुक गर्ने भाग्यशाली यात्रुलाई सुनको सिक्का उपहार


काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पेले हवाइ टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।

आईएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने दुई भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाइ टिकट काट्दा दैनिक एक भाग्यशाली विजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता एक भाग्यशाली विजेताले एउटा चाँदीको सिक्का पनि जित्न सक्नेछन् ।

उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढ्ता रूचाइएको यातायात माध्यम हुन पुगेको छ । आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन नै रोज्छन् । यस्ता यात्रुहरुले सहजताको निम्ति आईएमई पे एपजस्ता मोबाइल वालेट एपबाट घरमै बसी हवाइ टिकट बुक गर्न मिल्छ । अझ बढी यात्रुहरुलाई हवाइ यात्राका उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आईएमई पेले यस योजना सार्वजनिक गरेको हो ।

यस योजनालाई सञ्चालन गर्नका लागि कम्पनीले केही निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । यसअनुसार, आईएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुनेछन् । आईएमई पे एपबाट हवाइ टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक दिन एक भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नेछन् । आईएमई पे एपबाट हवाइ टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक हप्ता पाँच भाग्यशाली विजेताले एक चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन् ।

आईएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक १५ दिनमा एक भाग्यशाली विजेताले एक सुनको सिक्का बम्पर उपहारस्वरूप प्राप्त गर्नेछन् । (आर्थिक दैनिकबाट)

 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया