Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल टेलिकमको फोरजी ग्राहक संख्या १ करोडभन्दा बढी

नेपाल टेलिकमको फोरजी ग्राहक संख्या १ करोडभन्दा बढी


काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या एक करोडभन्दा बढी पुगेको छ । कम्पनीका अनुसार २०७८ चैत महिनाको विवरणअनुसार फोरजी ग्राहक आधार एक करोड चार लाख २१ हजार नौ सय ७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार पाँच सय ८० रहेको कम्पनीले जनाएको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार सात सय ८५ भएकोमा बाँकी २१ लाख ८७ हजार दुई सय २९ टुजी प्रविधिका ग्राहक छन् । २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार आठ सय ७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार सात सय २९ रहेको थियो ।

नेपाल टेलिकमले नेपालमा नै पहिलोपटक २०७३ पुस १७ गतेबाट काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी/एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ । फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने हुनु पर्दछ । साथै फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ । आफ्नो मोबाइल फोनबाट स्टार४४४ह्याक्स डायल गरी प्राप्त निर्देशनअनुरुप फोरजी सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुचारु समेत गर्न सकिन्छ ।

कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८ सय तथा आठ सय मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ । मोबाइल सेट खरिद गर्दा उक्त सेटको प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी थाहा पाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ । मोबाइल इन्टरनेटको क्षेत्रमा एलटीई अर्थात् लङ टर्म इभ्यालुसन भनिने फोरजी प्रविधि मोबाइलमार्फत उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा (भोल्टी) पनि उपयोग गर्न सकिने अत्याधुनिक प्रविधि हो । यसबाट तीव्र गतिको इन्टरनेट प्राप्त हुने भएकाले गुणस्तरीय श्रव्य–दृश्य सामग्रीहरु, गेमलगायत बढी ब्याण्डविथ आवश्यक हुने सामग्रीहरु सजिलै प्रयोग गर्न सकिन्छ । साथै नेपाल टेलिकमको फोरजीमा भोल्टी (भ्वाइस ओभर एलटीई) पनि रहेकोले यसबाट उच्च गुणस्तरीय भ्वाइस कल सेवा प्रयोग गर्न सकिन्छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया