काठमाडौं । लिभिङ विथ आईसीटी र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको हो ।
स्टार्टअप एण्ड आइडिया फेस्ट दिउँसो १ बजेदेखि र डिजिटल सुदूरपश्चिम संवाद दिउँसो २.३० बजेदेखि सुरू हुने आयोजकले जनाएको छ । सोही समयमा स्टार्टअपहरुको एक्सपिरियन्स सेयरिङ तथा मेन्टरिङ सेसन तथा आइडिया पिचिङ आयोजना हुनेछन् । स्टार्टअप एण्ड आइडिया फेस्टमा सुदूरपश्चिम प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरुले सहभागिता जनाउन सक्नेछन् । आइडिया पिचिङ सेसनमा सहभागी कम्पनीहरुले आफ्नो व्यवसाय तथा प्रोडक्ट आइडियाबारे सुनाउने र प्रतिस्पर्धा गर्न सक्ने छन् । यसरी प्रतिस्पर्धा हुने आइडियाहरुबीच उत्कृष्ट पाँचलाई आइडिया इन्कुबेसनका लागि छनौट गरी सम्भावित लगानी भेन्चर्सहरूसँग सम्पर्कमा समन्वय गरिनेछ ।
यसैगरी एक्सपिरियन्स सेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी व्यक्तित्वहरुले आफ्नो उद्यम यात्रा अनुभव साट्ने र उद्यमशिलतामा प्रशिक्षण प्रदान गर्नेछन् । साथै डिजिटल संवादमा सुदूरपश्चिम प्रदेशका निजी तथा सार्वजनिक क्षेत्रका विज्ञ सरोकारवालाहरुबीच प्यानल संवाद आयोजना हुनेछ । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पनि सहभागिता हुनेछ । सुदूरपश्चिम प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाबारे सम्वादमा बृहत् छलफल हुनेछ ।
सातै प्रदेशमा योजना भइरहेको कार्यक्रमको पाँचौँ प्रदेशको रुपमा सुदूरपश्चिममा कार्यक्रम आयोजना भइरहेको र बाकी कर्णाली र बागमती प्रदेशमा यही १२ गते र १६ गते आयोजना हुने इभेन्ट म्यानेजर मुस्कान प्रसाईंले बताइन् । सातै प्रदेशको कार्यक्रमपश्चात् असार ४ र ५ गते काठमाडौँमा दुईदिने डिजिटल नेपाल कन्क्लेभको आयोजना हुने बताइएको छ । प्रदेशको कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्दैन । स्टार्टअप तथा इन्नोभेटरले निःशुल्क स्टल राख्न पाउनेछन् भने अवलोकन र सहभागिताको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा प्रदेश सरकार, दुरसंचार प्राधिकरण, हुवावे, इन्फोडेभलपर्स, इ–बीमा, यार्सा ल्याब, प्रभु पे, निमा एकेडेमी, ब्रोडवे इन्फोसिसलगायतको सहकार्य र सहभागिता छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- बजार परिसुचक १८ सय ६२ बिन्दुमा
- पश्चिमा देशलाई देखाउन चीन–भारततिर व्यापार बलियो बनाउँदै पुटिन
- भारतको आसाममा बाढीपहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो
- अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त शुल्क हटाउनुपर्ने
- आईएमई जनरल र चिरायु नेसनल हस्पिटललबीच सम्झौता
- सनराइज बैंकले दुई अर्बबराबरको डिबेन्चर जारी गर्ने
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको त्रियुगामा
- सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको असनमा
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया