Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्राकोे नयाँ ‘एसपी पप्लस’ ट्रयाक्टर शृंखला नेपाली बजारमा

महिन्द्राकोे नयाँ ‘एसपी पप्लस’ ट्रयाक्टर शृंखला नेपाली बजारमा


काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर शृंखला नेपालमा सुरुवात गरेको छ । यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओसहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरूजस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित छन् । ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।

नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरु विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लि. (भारत) र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक हुने कम्पनीले जनाएको छ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरका अनुसार बदलिँदो समयसँगै किसानहरूको विकसित भइरहेका र कृषि उत्पादकत्व अभिवृद्धि गर्ने सन्दर्भमा सशक्तीकरणको उच्च स्तरको खोजी भइरहेकोले नयाँ एसपीप्लस शृंखला सार्वजनिक गरिएको हो । यो शक्तिशाली, कुशल इन्धन शृंखलाले किसानहरूलाई आफ्नो कमाइको क्षमता सक्षम बनाउने उनको दाबी छ ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठले किसानलाई अझ धैरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई अर्को स्तरसम्म पु-याउन सक्षम बनाउने नयाँ एसपीप्लस शृंखला प्रस्तुत गरिएको बताए । उनका अनुसार यो नयाँ ट्रयाक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा पक्कै फरक पार्ने निश्चित छ । यस शृृंखलामा उद्योगमै अग्रणी ६ वर्षे वारेन्टी पनि दिन्छ । साथै यसले पूर्ण मानसिक शान्तिको ग्यारेन्टी दिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया