Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडी नेपालको ब्रान्ड एम्बेसडरमा हरिवंश आचार्य

बीवाईडी नेपालको ब्रान्ड एम्बेसडरमा हरिवंश आचार्य


काठमाडौं । नेपालका लागि बीवाईडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले आफ्नो ब्रान्डलाई प्रतिनिधित्व गर्नका लागि नेपाली सिनेजगत्का प्रख्यात व्यक्तित्व हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

नेपालमा विद्युतीय गतिशीलता प्रवर्द्धन गर्न दुवै पक्षले शनिबार बीवाईडी डिलर मिटको अवसर पारी सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यस अवसरमा आचार्यले हालको अवस्थाले ईभीमा स्विच गर्नुपर्ने आवश्यकतालाई स्पष्ट चित्रण गरेको बताएको थिए । साथै उनले विश्वव्यपी रुपमा मानिसहरुले इन्धनबाट चल्ने कारहरु प्रभावकारी नभएको र यो पृथ्वीकै लागि ठूलो खतरा भएको महसुस गरेको बताए । ‘सडकमा सफा सवारीहरुको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा धेरै खुसी छु’, उनले भने । आफ्ना कार्यहरुमार्फत दर्शकहरुलाई अर्थपूर्ण सन्देश र नवीन विचारहरु प्रस्तुत गर्न सफल तथा बहुमुखी अभियानका परिचित हरिवंश आचार्यले धेरै सामाजिक परियोजनाहरुमा काम गरी परिवर्तनकारी कामहरु गरिरहेका छन् । उनले आजसम्म गरेका उत्कृष्ट कामहरु र उत्कृष्ट जीवनशैलीका लागि प्राविधिक आविष्कारहरु सिर्जना गर्ने बीवाईडीको भिजन मिल्दोजुल्दो रहेको कम्पनीको दाबी छ ।

ब्राण्ड एम्बेस्डरद्वारा गरिने प्रचारप्रसारले नेपालीहरुमा विद्युतीय गतिशीलता र यसका फाइदाहरुका बारेमा चेतना जगाउने र कम्पनीको ब्राण्ड निर्माण गर्न तथा ग्राहकहरुको विश्वास प्राप्त गरी मन जित्न उल्लेखनीय योगदान पु-याउने बताइएको छ । यसका साथै पेट्रोलियम पदार्थको निरन्तर आकाशिएको वर्तमान परिस्थितिमा इन्धनको संकट, जलवायु र वातावरणीय समस्याहरुको दीर्घकालीन समाधान भनेकै विद्युतीय उत्पादनहरुको क्षमता र उपयोगलाई बढाएर दिगो भविष्यतर्फ अगाडि बढ्नु रहेको कम्पनीको भनाइ छ । कम्पनीको ब्राण्ड एम्बेसडर हरिवंश आचार्यको साथसँगै निकट भविष्यमा नेपाललाई विद्युतीय बनाउन विद्युत् क्रान्ति गर्ने लक्ष्य बीवाईडीले राखेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया