धनगढीमा इ–बीमा स्टार्टअप एन्ड आइडिया फेस्ट
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सोमबार आयोजना भएको इ–बीमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो ।
मंगलबार दिउँसो १ बजेदेखि सुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा ३० भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी भएका थिए । उक्त समयमा एक्सपिरियन्स सेयरिङ, मेन्टरिङ सेसन र आइडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम दुई हजारभन्दा बढीले अवलोकन गरेका छन् । फेस्टमा २३ स्टार्टअपले आफ्नो आइडिया प्रस्तुत गरेका थिए, जसमध्ये इन्क्युवेसनका लागि पाँच स्टार्टअप छनोट भएका छन् भने ब्ल्याक बोर्ड नेपाल प्रालि उत्कृष्ट स्टार्टअप हुन सफल भएको छ । ब्ल्याक बोर्ड नेपालसँगै पोथी इन्क्युबेटर, सार, स्मार्ट डस्टबिन, सस्तो किताब डटकम र मिझ्नी डटकम काठमाडौंमा हुने इन्क्युवेसनका लागि छनोटमा परेका छन् । त्यस्तै साढे २ बजेदेखि सुरू भएको डिजिटल सुदूरपश्चिम संवादमा प्रमुख अतिथिको रूपमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री डा. रणबहादुर रावलको उपस्थिति रहेको थियो ।
ह्वावे र इन्फोडेभलपर्सले प्रायोजन गरेको डिजिटल सुदूरपश्चिम संवादमा प्रदेशको डिजिटाइजेसनको अवस्था र आगामी दिनमा अख्तियार गर्नुपर्ने नीति तथा कार्ययोजनाका बारेमा छलफल भएको छ । ईबीमाले मुख्य प्रायोजन गरेको स्टार्टअप एण्ड आइडिया फेस्टलाई यार्सा ल्याब्स, राष्ट्रिय वाणिज्य बैंक, प्रभु पे, सफ्वेरिका कलेज, निमा एकेडेमी, ब्रोडवे इन्फोसिस, डिशहोम फाइबरनेट, एसीसीए, सेलएप, सीएसआईटी एसोसिएसन नेपाल, नेपाल आन्ट्रप्रेनर्स हब, टेक्नोरियो, अप्लाई जबलगायतका विभिन्न संघ/संस्थाको सहयोग रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- बजार परिसुचक १८ सय ६२ बिन्दुमा
- पश्चिमा देशलाई देखाउन चीन–भारततिर व्यापार बलियो बनाउँदै पुटिन
- भारतको आसाममा बाढीपहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो
- अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त शुल्क हटाउनुपर्ने
- आईएमई जनरल र चिरायु नेसनल हस्पिटललबीच सम्झौता
- सनराइज बैंकले दुई अर्बबराबरको डिबेन्चर जारी गर्ने
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको त्रियुगामा
- सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको असनमा
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया