रोल्याण्ड–गार्रोस र ओप्पोले साझेदारीलाई निरन्तरता दिने
काठमाडौं । फ्रेन्च टेनिस फेडरेसन र ओप्पोले सन् २०१९ देखि रोल्याण्ड गार्रोसको प्रिमियम पार्टनरशिप सम्झौतालाई थप दुई संस्करण (२०२२ र २०२३) का प्रतियोगिताका लागि थप गरिएको घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय ब्राण्डसँगको यो साझेदारीले रोल्याण्ड गार्रोसको प्रभाव विश्वव्यापीस्तरमा पु¥याउने रणनीतिलाई थप बल मिलेको एफएफटीका अध्यक्ष, गिलिस मोरेटनले बताए । उनका अनुसार प्यारिसियन ग्राण्ड स्ल्याम र ओप्पोबीचको यो सहकार्य नवप्रवर्तन तथा प्रविधिमाथि केन्द्रित छ । रोल्याण्ड–गार्रोस र ओप्पो दुवै प्रयोगकर्तालाई इष्टतम अनुभव उपलब्ध गराउन आफुलाई निरन्तर परिष्कृत गरिरहने समान मूल्य, मान्यता र लक्ष्य बोकेका छन् । ओप्पोले भर्खरै आफ्नो नयाँ ब्रान्ड प्रस्ताव, ‘इन्स्पिरेसन अहेड’ सार्वजनिक गरेको छ । यो प्रस्ताव रोल्याण्ड–गार्रोसको नयाँ सिग्नेचर, ‘मूभ दि लाइन्स विथ स्टाइल’लाई प्रत्यक्षरुपमा थप सार्थकता र बल प्रदान गर्ने देखिन्छ ।
ओप्पोको ग्लोबल मार्केटिङ्गका अध्यक्ष, विलियम ल्यूले लगातार चौथो वर्षका लागि प्रिमियम पार्टनरका रुपमा ओप्पो, आफ्ना पृथक इमेजिङ्ग प्रविधिमार्पmत टेनिस कोर्टमा अवलोकन, दृष्य कैद गर्न र सहभागिता जनाउँदै नयाँ प्रेरणादायी कार्यहरु गर्न चाहने बताए ।
सन् २०२२ टुर्नामेन्टको फ्रेमवर्क मातहत (१६ मेदेखि ५ जुनसम्म) मा ओप्पोले स्टेडियम शो कोर्टको उत्साहजनक भिजिबिलिटीको सदुपयोग गर्दै ‘आरजी ⁄ ओप्पो फोटो ग्यालरी’, विशेषतः ओप्पोको नयाँ फ्ल्यागशिप उपकरण : फाइन्ड एक्स फाइभ प्रो मार्फत कैद गरिएका तस्विरको डिजिटल प्रदर्शणी सार्वजनिक गर्नेछ । यसले फाइन्ड एक्सफाइभ प्रोको अद्वितीय इमेजिङ क्षमता उजागर गर्नेछ । यी तस्विरहरु रोल्यान्ड गार्राेस प्रतिस्पर्धा प्रत्यक्ष अवलोकन गर्नका लागि स्टेडियममा आउने दर्शकहरुले पनि प्रत्यक्ष हेर्न पाऊन् भन्ने सोचका साथ टुर्नामेन्ट स्थलमा पनि प्रदर्शित गरिनेछ । यो वर्ष पनि ओप्पोले ‘शट अफ दि डे’ अर्थात्, हरेक दिनको बेष्ट शट वा -यालीको एक भिडियोका लागि सहकार्य गर्नेछ । यो भिडियो टुर्नामेन्टका विभिन्न डिजिटल प्ल्याटफर्महरुका माध्यमबाट पोष्ट गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया