Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायानेटका ग्राहकले नौ सय ९९ रुपैयाँमा प्रतिमहिना २०० एमबीपीएस इन्टरनेट पाउने

भायानेटका ग्राहकले नौ सय ९९ रुपैयाँमा प्रतिमहिना २०० एमबीपीएस इन्टरनेट पाउने


काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन प्रालिले आफ्ना विद्यमान अल्ट्रा–फाई लाइनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा ल्याएको हो ।

कम्पनीका अनुसार भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएसको इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र नौ सय ९९ रुपैयाँ प्रतिमहिनाको मूल्यमा पाउनेछन् । १७५ भन्दा धेरै लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभीसहितको बन्डल पनि मात्र एक हजार एक सय रुपैयाँ प्रतिमहिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन् । यी दुवै योजनाहरूमा मात्र पाँच सय रुपैयाँ थपी डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ ।

यो प्याकेजमार्फत भायानेटले बिना टिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आईपीटिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ । त्यस्तै अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुईवटा भायाटिभीसहित २५० एमबीपीएस र तीनवटा भायाटिभीसहित तीन सय एमबीपीएस वार्षिक सदस्यता क्रमशः एक हजार दुई सय ५० रुपैयाँ प्रतिमहिना र एक हजार पाँच सय रुपैयाँ प्रतिमहिनाको आकर्षक मूल्यमा पाउने व्यवस्था गरेको छ । कम्पनीले आफ्ना विद्यमान अल्ट्रा–फाइ ग्राहकहरूको अल्ट्रा–फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसीअनुसार अपग्रेड गरिसकेको छ ।

यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा–फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य राखेको छ । भायानेट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव, आकर्षक मूल्यमा प्रदान गर्न अग्रसर रहदै आएको छ । नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकको रुपमा रहेको भायानेटले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत र व्यावसायिक दुवै प्रायोजनका लागि इन्टरनेटसम्बन्धी नवीनतम समाधानहरू प्रदान गर्दै आएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया