Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनवरत्नले फ्रि हेड मसाज क्याम्प गर्ने

नवरत्नले फ्रि हेड मसाज क्याम्प गर्ने


काठमाडौं । मालिस गर्ने तेलको रुपमा प्रसिद्ध इमामी कम्पनीको नवरत्न तेलले निःशुल्क टाउकोको मसाज गर्ने क्याम्प सञ्चालन गर्ने भएको छ । विभिन्न नौ आयुर्वेदिक जडीबुटीहरुको सम्मिश्रणबाट तयार पारिने नवरत्न तेल नेपालको बजारमा एक अग्रणी स्थान ओगट्न सफल मालिस तेल हो ।

विशेष गरेर टाउको र शरीर दुवैको लागि मालिस गर्न उपयुक्त यो तेल महिला र पुरुष दुवै वर्गको लागि सुहाउँदो छ । यो तेलले मालिस गरेपछि गहिरो आराम, मानसिक कायाकल्प, र ठण्डा ठण्डा चिसोको अनुभव, शरीरको दुःखाइ कम हुने, तनाव र दबाबबाट मुक्त गराउने तथा शारीरिक एवं मानसिक आराम प्रदान गर्दछ । नवरत्न तेललाई अझ बढी उपभोक्ताहरुमाझ पु-याउने लक्ष्यका साथ कम्पनीले विगत केही वर्षदेखि नवरत्न आयल फ्रि हेड मसाज क्याम्प आयोजना गर्दै आएको छ । उक्त क्याम्प यो वर्ष पनि सञ्चालन गरिने कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरु पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरान लगायत अन्य सहरहरु सञ्चालन गरिने यो फ्रि मसाज क्याम्प जम्मा १५० दिनसम्म सञ्चालन हुने बताइएको छ । जुन क्याम्पबाट लाखौँ ग्राहकहरुले तेल मालिसको लाभ लिन सक्नेछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया