काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले कम बजेटमा राम्रो परफमेन्स खोज्नेहरुका लागि रेड्मी १० सबै भन्दा उत्कृष्ट उत्पादन भएको बताए । रेड्मीको यो उपकरणमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र छ एनएम प्रोसेसरहरु रहेको छ । नयाँ रेड्मी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको छ । १.१३ एमएम मोटाइ र २०३ ग्राम वजन भएको यो फोनमा १७.०४ सीएम (६.७१ इन्च) डिस्प्ले रहेको छ ।
बजेटको आधारमा लोकप्रिय स्न्यापड्रागन ६८० चिपसेट कार्यसम्पादनमा कुनै सम्झौता नगरी प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित छ । एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १३ सफ्टवेयर भएको रेड्मी १० मा छ जीबीसम्मको ¥याम र १२८ जीबी आन्तरिक स्टोरेज छ ।
कम्पनीका अनुसार रेड्मी १० मा कुल तीन सेन्सरहरू छन् । पछाडिको डुअल क्यामेरा सेटअपमा ५० एमपी प्राइमरी शुटर र दुई एमपी डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि पाँच एमपी क्यामेरा समावेश गरिएको छ । यो रेड्मी १० मा रियर र फ्रन्ट क्यामेरा दुवैबाट ३० एफपिएस मा १०८० पिक्सल भिडियो खिच्न सकिन्छ । डुअल–ब्यान्ड वाइफाइ र ब्लुटुथ ५.० समर्थन गर्ने, डाउन–फायरिङ स्पिकर र ३.५ एमएम हेडफोन ज्याकको साथ यस रेड्मी १० मा प्रयोगकर्ताहरूले ५१२ जीबीसम्मको माइक्रो एसडी कार्ड विस्तार गर्न सक्छन् ।
रेड्मी १० नेपाली बजारमा मिडनाइट बल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीनमा उपलब्ध छ । नेपालमा रेड्मी १० ४/६४ जिवी संस्करणको मूल्य १८ हजार नौ सय ९९ रुपैयाँ छ । त्यस्तै, हाई–एन्ड ६/१२८ जीबी संस्करणको मूल्य २१ हजार नौ सय ९९ रुपैयाँ छ । रेड्मी १० को यो फोन नेपालभर आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया