Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटरको घोषणा

ओप्पो रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटरको घोषणा


काठमाडौं । ओप्पोले ओप्पो रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटरको घोषणा गरेको छ । यसमार्फत विश्वभरका प्रविधि व्यवसायी तथा उद्यमीहरुलाई सशक्त तथा थप ऊर्जा प्रदान गरी सुदृढ जीवन तथा भविष्यका लागि नवीनतम सृजना तथा समाधान निस्किने विश्वास लिइएको छ । यस इनोभेसन एकसेलेटरको लागि ओप्पो रिसर्च इन्स्टिच्युट माइक्रोसफ्ट फोर स्टार्टअपका रुपमा सहकार्य गर्नेछ । यो कार्यक्रममार्फत सबै प्रविधि व्यवसायीहरुलाई अनिश्चितताको समयमा पनि मानवताले सामना गर्ने केही महत्वपूर्ण समस्याहरु समाधान गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।

‘भर्टुअस इनोभेसन’को विषयवस्तुमा केन्द्रित, ओप्पोले पहुँचयोग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईवटा प्रस्तावहरुको आह्वान गरेको छ । कम्पनीका अनुसार सहभागी टोली वा व्यक्तिहरुद्वारा पेश गरिएका प्रस्तावहरुको मूल्यांकनपछि दश वटासम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६ हजार डलरको अनुदान प्रदान गरिनेछ, साथै लगानीका अवसरहरु, प्राविधिक सहयोग, अनुसन्धान, व्यावसायिक साझेदारी र विश्वव्यापी रुपमा प्रस्तुतिका लागि थप अवसरहरु प्रदान गरिनेछ ।

ओप्पो अनुसन्धान संस्थानका उपाध्यक्ष प्रमुख लेभिन लिउले नयाँ प्रविधि पत्ता लगाउन खोज्दा मानिसहरुलाई पहिलो स्थान दिने र प्रविधिको माध्यमबाट मानिसहरुले सामना गरिरहेका केही ठूला समस्याहरु समाधान गर्ने प्रयास गरिरहेको बताए । जनसङ्ख्या वृद्धि, कमजोर जनस्वास्थ्य र दिनप्रतिदिन बढ्दो डिजिटल विभाजनजस्ता विश्वव्यापी समस्याहरुको गम्भीरतासँगै कम्पनीले प्राविधिक शक्ति प्रयोग गरेर यी समस्याहरु समाधान गर्न समान विचारधाराका अविष्कारहरुलाई सशक्त बनाउन इनोभेसन एक्सेलेटर सुरु गरेको उल्लेख गरे ।

कम्पनीका अनुसार अनुदान र प्राविधिक सहयोगको उद्देश्य प्रतिभाशाली उद्यमीहरुलाई उनीहरुको भिजनलाई साकार गर्न २०२२ इनोभेसन एक्सेलेटरले मे ८, २०२२ देखि अनलाइन आवेदनहरु खोलिसकेको छ । तीन महिनाको प्रारम्भिक मूल्यांकन र डेमो डे, रोड शोपछि घोषणा गरिनेछ । ओप्पोले सबै विजेता टोली वा व्यक्तिहरुलाई आर्थिक अनुदान उपलब्ध गराउनेछ, साथै उनीहरुलाई आफ्ना विचारहरुलाई थप कार्यान्वयन र प्रवद्र्धन गर्न मद्दत गर्नेछ, प्रत्येक विजेताहरुको प्रस्ताव निम्न प्रोत्साहनको हकदार हुनेछ । प्रस्तावहरुको मूल्यांकन विशिष्ट निर्णायक समितिको पर्यवेक्षणमा गरिनेछ, जहाँ उनीहरुलाई चार प्रमुख मापदण्डहरु : सम्भाव्यता, नवीनता, मौलिकता र दीर्घकालीन सम्भावित प्रस्तावहरुजस्ता क्षमताको मूल्यांकन गरिने उल्लेख गरिएको छ ।

ओप्पोले उच्च सम्भावित प्रस्तावहरुको पहिचान र मूल्याङ्कन गर्न प्रविधि क्षेत्रका विज्ञ तथा वैज्ञानिकहरु र विशिष्ट निर्णायक समितिलाई पनि आमन्त्रित गरेको छ । माइक्रोसफ्ट फोर स्टार्टअप, ग्रेटर चाइना जापान र कोरियाका सीईओ तथा प्रबन्धनिर्देशक जेम्स चाउले स्टार्टअपहरु विभिन्न उद्योगहरुमा डिजिटल समाधानहरु प्रदान गर्नसक्ने नवीन प्रविधिहरुको घर रहेको बताए । ओप्पोले छुट्टै रिफरल अवार्डको पनि व्यवस्था गरेको छ, जसअन्तर्गत आफूलाई मन परेको नवीनतम प्रविधि तथा प्रस्तावहरु ओप्पोको वेबसाइटमा गई प्रस्ताव पेश गर्ने चरणमा एक्सेलेटर जजिङ कमिटीलाई रिफर गर्न सकिन्छ । यस प्रकारका रिफरल प्रस्तावहरु यदि मूल्यांकनका चरणहरु प्रारम्भिक मूल्यांकन, डेमो डे तथा फाइनल चरण पार गरेको खण्डमा रिफर गर्ने व्यक्तिहरुलाई पुरस्कारको व्यवस्था गरेको छ । साथै, ओप्पोले भारतको हैदराबाद, तेल अभिभ, इजरायल र संयुक्त राज्य अमेरिकामा तीनवटा अन्तर्राष्ट्रिय रोड शो गर्ने योजना बनाएको छ ।

यस्तै ओप्पोले समान विचारधाराका साझेदारहरुसँग मिलेर इन्सिपेरेसन अहेड स्पिरिट प्रदान गरेको छ । ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर द वर्ल्ड’को ब्रान्ड मिसनमार्फत समाजप्रतिको आफ्नो जिम्मेवारी र प्रतिबद्धतालाई हृदयंगम गरी ओप्पोले विभिन्न समस्याहरुलाई प्रविधिमार्फत सम्बोधन गर्ने आशा राख्दछ । ‘भर्टुअस ईनोभेसन निरन्तरताको माध्यमबाट, ओप्पोले व्यापक प्रयोगकर्ता र एप्लिेकेसनहरु सहित पहुँचयोग्य प्रविधि, डिजिटल स्वास्थ्यमा समृद्ध अनुभव र विशेषज्ञता हासिल गरेको छ । यीमध्ये वृद्ध प्रयोगकर्ताहरुका लागि पहुँचयोग्य डिजाइन र अनुकूलन, उदाहरणका लागि फाइन्ड एक्सथ्री शृङ्खलामा यसको कलर भिजन एन्हान्समेन्ट टेक्नोलोजी, जसले रङ्ग दृष्टिको कमीमा मद्दत गर्दछ । कलरओएस अपरेटिङ सिस्टम र अन्य उत्पादनहरुसँग, ओप्पोले वृद्ध प्रयोगकर्ताहरुका लागि विशेष रुपमा अनुकूलित प्रयोगकर्ताको इन्टरफेस पनि प्रस्तुत गरेको छ । यसले प्रयोगकर्तालाई प्रविधिको फाइदा र सुविधाको आनन्द लिन सक्षम पारेको छ ।

यस्तै ओप्पोले हार्डवेयर सफ्टवेयर दुवैमा नवीन डिजिटल स्वास्थ्य उत्पादनहरु विकास गर्न व्यावसायिक चिकित्सा संस्थाहरु र खेलकुद प्रतिष्ठानहरुसँग साझेदारी गर्दै ओप्पो हेल्थ ल्याबको स्थापना गरेको छ । आफ्नो अनुसन्धान र विकासमार्फत ओप्पोले निवारक स्वास्थ्य सेवामार्फत मानिसहरुको स्वास्थ्य सुधार गर्न मद्दत गर्ने आशा राखेको छ । इनोभेसन एक्सेलेटरमार्फत ओप्पोले अन्य समान विचारधारा भएका व्यक्तिहरु र संस्थाहरुसँग सम्भावित समाधानहरु पहिचान गर्न र विकास गर्नका लागि जोडिने आशा राखेको छ । ओप्पो इनोभेसन एक्सेलेटरको लागि आवेदन ८ मेदेखि जुन ३०, २०२२ सम्म खुला रहनेछ  ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया