Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिजी प्रयोजनका सवारीको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन नाडाकोे आग्रह

निजी प्रयोजनका सवारीको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन नाडाकोे आग्रह


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका सवारीहरु कार, जिप र भ्यानको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ ।

नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउँदै शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै नाडाले उक्त आग्रह गरेको हो । नाडाले वर्तमान परिदृश्यमा नाडाको दृष्टिकोण– यात्रु अटोमोबाइलको आयातमा प्रतिबन्ध नामक प्रतिवेदन सार्वजनिक गरेको छ । एक खर्बभन्दा बढीको लगानी रहेको नेपालको अटोमोबाइल्स क्षेत्रले हरेक वर्ष एक खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पु-याउँदै आएको नाडाको भनाइ छ ।

यस्तै देशको प्रत्यक्ष रोजगारीमा यस क्षेत्रले प्रत्यक्ष रुपमा एक लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दै आएको छ । आयातको तुलनामा झण्डै दोब्बर राजस्व उपलब्ध गराउने अटोमोबाइल क्षेत्रलाई नजर अन्दाज गरी सरकारले निजी प्रयोजनका कार, जिप र भ्यानलाई आउँदो असार मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिबन्ध लगाएको नाडाको आरोप छ ।

नाडाले केही दिनअघि मात्रै निजी प्रयोजनका कार, जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत् सुझाव समेत पेश गरिसकेको छ । नाडाले सार्वजनिक गरेको उक्त प्रतिवेदनले नेपालको अटोमोबाइल क्षेत्रबारे यथार्थ जानकारी प्राप्त हुने अपेक्षा गरेको नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया