काठमाडौं । अनलाइनमार्फत बस टिकट काट्ने सुविधा दिँदै आएको बससेवा डटकमले स्थानीय तहको निर्वाचनलार्ई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताले सुनको असर्फी पाएका छन् । अनलाइन मार्फत टिकट बुकिङ्ग गर्ने तनहुँका नविन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जित्न सफल भएका हुन् ।
यसैगरी २० जना यात्रुले क्यूएफएक्स मुभी टिकट जित्न सफल भएका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एडभेन्चर्सको नारायणी नदीमा मोटरबोट टिकट प्राप्त गरेको कम्पनीले जनाएको छ । उपहार विजेताहरु गत बुधबार गोलाप्रथामार्फत चयन गरिएको थियो । बससेवाले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको थियो ।
अफरमा वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बससेवामार्फत टिकट काट्ने यात्रु सहभागी रहेका थिए । बससेवाले आगामी दिनमा पनि यात्रुलक्षित विभिन्न अफर सार्वजनिक गर्दै लैजाने जनाएको छ । बससेवाले नेपालभरका एसी, डिलक्स, हाइसलगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।
यात्रुहरूले बससेवा डटकम, बससेवाको मोबाइल एप्लिकेसन तथा इ–सेवा, फोनपे, खल्ती, प्रभुपेलगायतनजिकै रहेका साइबर, कम्युनिकेसन तथा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट काट्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया