Techie IT
×
गृहपृष्ठकर्पोरेटप्रदेश र स्थानीय तहलाई कति बजेट ?

प्रदेश र स्थानीय तहलाई कति बजेट ?


काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई बजेट व्यवस्था गरेको छ । नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम उक्त बजेटको व्यवस्था गरेको हो । बजेट व्यवस्था गर्दा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसलाई आधार लिइएको छ ।

बजेट वक्तव्यमा उल्लेख भए अनुसार वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ । प्रदेश सात वटा र स्थानीय तह सात सय ५३ वटा छन् । त्यही भएर प्रदेशमा भन्दा स्थानीय तहमा बजेट धेरै गएको हो ।

सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः ५७ अर्ब १७ करोड र १ खर्ब ८३ अर्ब ७२ करोड गरी जम्मा २ खर्ब ४० अर्ब ८९ करोड विनियोजन गरिएको छ । प्रदेश तथा स्थानीय तहलाई पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान स्वरूप क्रमशः ६ अर्ब ३० करोड र ७ अर्ब २७ करोड विनियोजन गरिएको छ भने विशेष अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः ४ अर्ब ५६ करोड र ९ अर्ब १४ करोड विनियोजन गरिएकोछ ।

राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा १ खर्ब ६३ अर्ब ३ करोड रकम हस्तान्तरण हुने अनुमान बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया