नेपालमा विशाल आगमन गर्दै जावा फोर्टी–टु स्पोर्ट्स स्ट्राइप
काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा.लि.ले जावा फोर्टी–टु परिवारमा एक नयाँ सदस्यको आगमन गराएको छ । अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइटमा उपलब्ध स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट मानिने जावा ४२ स्पोर्ट्स स्ट्राइपको अनावरण गायक सुशान्त के.सी.ले सोमबार जावा मोटरसाइकलको शोरुम, उत्तरढोकामा गरेका हुन् ।
साथै उनले सोही अवसरमा प्रि–बुकिङ्ग गरिएका बाईकहरु वितरण पनि गरेका थिए । गायक केसीका अनुसार उनलाई पहिलेदेखि नै जावा मोटरबाइक निकै मन पथ्र्यो । त्यसैले, विगत एक वर्षदेखि उनले आफ्नो हरेक यात्राका लागि जावा पेराकलाई आत्मीय बनाएका छन् । त्यसैगरी, अग्नि मोटोइंक प्रालिका महाप्रबन्धक शरद मिश्रका अनुसार, विगत दुई वर्षदेखि जावा बाइकको बिक्री वितरणमा कम्पनी सक्रियताका साथ कार्यरत छ ।
यी दुई वर्षमा ग्राहकहरुबाट सदैव सकारात्मक प्रतिक्रिया नै पाईरहेको र आगामी दिनहरुमा जावा ४२ स्पोर्ट्स स्ट्राइपले पनि सोही किसिमको माया पाउनेमा पनि कम्पनीले विश्वस्त रहेको बताए । स्पोर्ट्स स्ट्राइप मोडलका सबै मोटरसाइकलमा विविध आन्तरिक समायोजनहरु गरिएका छन्, जसमध्ये २९३ सीसी बीएस–सिक्स लिक्विड कुल्ड, फ्युल–इन्जेक्टेड इन्जिनले हाल २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क उत्पादनको क्षमता राख्दछ । यो पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त इन्जिनले जावाको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्यास प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।
कम्पनीका अनुसार यसमा सानोभन्दा सानो इनपुटहरुलाई पनि ध्यानपूर्वक राम्रो ईन्धनको माध्यमबाट प्रतिक्रिया दिनका लागि थ्रोटल रेस्पोन्सलाई थप तीखो बनाइएको छ । त्यसैगरी, १३–स्पोक एलोय ह्विलले यस मोटरसाइकलको ‘स्पोर्टी क्लासिक’ व्यक्तित्वलाई उल्लेखनीय रूपमा प्रस्तुत गरेको हुनाले यसले क्लासिक मोटरसाइकलप्रेमीहरुलाई आकर्षित गर्ने विश्वास राखिएको छ । जावामा सिटलाई नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनः इन्जिनियर गरिएको छ । साथै, रिट्युन गरिएको सस्पेन्सन र फ्रेम सेटअप, ट्वीन एग्जस्ट र कन्टिनेन्टलद्वारा एबीएसले सुसज्जित उत्कृष्टस्तरको ब्रेकिङ प्रणालीले प्रतिस्पर्धीहरुबीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणको अनुभूति दिलाउँछ ।
नेपाली बजारमा यसको मूल्य हाललाई सात लाख ५८ हजार रुपैयाँ तोकिएको छ । जावा ४२ स्पोर्ट्स स्ट्राइप जावा मोटरसाइकलप्रेमीहरूले आफूलाई पायक पर्ने जावा मोटरसाइकलको विभिन्न शाखा र डिलरहरुमार्फत सहजै नेपाल भरबाट खरिद गर्नसक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया