Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगाउँमा ऋणको सहारा सिकर्मी कोष

गाउँमा ऋणको सहारा सिकर्मी कोष


धनबहादुर जप्रेल
महेन्द्रनगर, फागुन ६
नेपालका हरेक मजदुर वर्गहरुले बैंकको चर्काे र महंगो ब्याजदरमा बैंकबाट ऋण लिने क्षमता रहेको पाईदैन । तर बझाङको दुर्गममा एकदम सस्तो दरमा मजदुरहरुको समूहले नै विना धितो ऋण दिने गरेको छ । बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ मा बसोबास गरिरहेका मजदुर तथा घर निर्माण गर्ने सिकर्मी तथा मिस्त्रीहरुको समूहले आफूहरुले कमाएको रकम कोष बनाएर पैसा जम्मा गरी गाउँका सर्वसाधारण गरिबहरुलाई विना धितो ऋण दिएर गरिबहरुको उद्धार गर्न काम गरिरहेका छन् । गाउँमा सँधैभरी मजदुरी तथा मिस्त्रीको काम गर्ने १५ जना मजदुरहरुले मिलेर एक समूह बनाएर आफूहरुले हरेक महिना एक सय रुपैयाँ जम्मा गर्ने गरेको सिकर्मी सहायता कोषका सचिव राम जप्रेलले बताए ।

वि.सं. २०६८ सालमा गठित सिकर्मी सहायता कोषले सुरुमा सबै सदस्यबाट करिब पाँच सय रुपैयाँका दरले जम्मा गरेका थिए, त्यस पछि हरेक महिनामा एक सय रुपैयाँका दरले कोषमा जम्मा गर्ने गरेको कोषका कोषाध्यक्ष लोग्या रोकायाले बताए । हालसम्म कोषले ३ लाख ५० हजारभन्दा बढी रुपैया जम्मा गरिसकेको कोषका कोषाध्यक्ष रोकायाले बताए । मजदुरहरुलाई आईपर्ने घरायसी समस्याहरुलाई केही सहज होस्, समाजका अरु सर्वसाधारण गरिबहरुले पनि कोषबाट सस्तो दरमा ऋण लिएर आफ्ना समस्याहरु समाधान गर्न सकून्, आपत्कालीन समस्या पर्दा कोषमार्फत केही राहत होस् भन्ने उद्देश्यले कोषको गठन गरिएको कोषका अध्यक्ष नारद रोकायाले बताए ।

उनका अनुसार हाल कोषसँग करिब साढे तीन लाखभन्दा बढी रुपैयाँ रकम जम्मा भएको छ । गाउँलेहरुलाई कोषले विना धितो केवल तीन प्रतिशतका दरले ब्याजमा ऋण दिइरहेको छ । कोषले विशेष गरेर गरिब वर्गहरुलाई ऋण दिइरहेको कोषका अध्यक्ष रोकायाले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया