Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौंदेखि भोटेचौरसम्मको एनओजी राइड

काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी राइड


काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौरसम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत शनिबार आयोजना भएको उक्त राइड काठमाडौँको महालक्ष्मीस्थानस्थित टीभीएसको युनिराइड शोरुमबाट सुरु भएर बालकुमारी, तीनकुने, एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मूलपानी, साँखु हुँदै भोटेचौर हेवन हिल रिसोर्टसम्म पुगेको थियो ।

उक्त राइडमा सहभागीहरुबीच एकतामूलक विभिन्न गेमहरु समेत खेलाइएको थियो । उनीहरुबीच विभिन्न मनोरञ्जनात्मक र अन्तक्र्रियात्मक कार्यक्रमहरु गरिएको थियो । राइडमा टीभीएस एनटर्कका ७० जना राइडरहरुका साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग कोउपस्थिति थियो ।

साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी, प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकारहरु उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागिता रहेको जगदम्बा मोटर्सको मार्केटिङ नायब कार्यकारी प्रमुख विक्रम पौडेलले जानकारी दिए । टीभीएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन् ।

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्ष्याको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्ष्याको जानकारी प्राविधिक टिमले दिएको थियो । नेपालमा टीभीएस एनटर्क ५० हजार बिक्रीलाई निरन्तरता दिँदै यो राइड आयोजना गरिएको हो ।

राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो र खेलको विभिन्न विधाका विजेतालाई आकर्षक पुरस्कारहरु वितरण गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया