बजेट एकदमै राम्रो आयो, कार्यान्वयनमा शंका छ : महासंघ
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बजेट स्वागत योग्य भएको बताएको हो । बजेट स्वागत योग्य भए पनि कतिपय विषयहरु कार्यान्वयनका लागि भने जटिल देखेको महासंघले बताएको छ ।
महासंघका अध्यक्ष कुमार कार्कीले बजेटले औँल्याएका केही विषयहरु सकारात्मक रहेको र केही कुराहरु पर्याप्त नरहे पनि समग्रमा बजेट सकारात्मक रहेकाले स्वागत गरिएको बताए । ‘सरकारले करको दरमा गरेको फेरबदल तथा कृषि क्षेत्रको विकास र विस्तारका लागि बजेटमा समावेश गरिएको विषयहरु एकदमै सकारात्मक छन्, सबैभन्दा खुसीको कुरा त देशलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटमार्फत सरकारले पहलकदमीको सुरुवात गरेको छ’, उनले भने, ‘कृषि क्षेत्रको उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउन गरिएको प्रयास सकारात्मक र स्वागतयोग्य कुरा हो ।’
सरकारले औद्योगिक विकासका लागि करछुटको योजना अघि सार्नु, रुग्ण स्वदेशी उद्योगहरु पुनः सञ्चालनमा ल्याउने, कच्चा पदार्थ आयात गर्न, औद्योगिक सामग्री आयात गर्न करमा सहुलियत दिने तथा नयाँ उद्योग खोल्न सहजता प्रदान गर्ने नीति सकरात्मक रहेको उनले बताए ।
मेडिकल शिक्षा अध्ययन गर्न विदेशी विद्यार्थी भित्र्याउने योजना तथा नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च गुणस्तीय शिक्षाको व्यवस्था गर्नेलगायतका विषयहरु स्वागतयोग्य रहेको महासंघको भनाइ छ । सरकारले केही वस्तु तथा सेवाको आयातमा कडाइ गर्ने नीति समेत लिएको छ ।
विलासिताका वस्तु आयातमा कडाइ गर्नु राम्रो भए पनि अत्यावश्यक वस्तुहरुमा कडाइ भने गर्न नहुने महासंघले बताएको छ । बजेटमा भएका सकारात्मक पक्षहरुलाई तत्काल कार्यान्वयन गर्न र निजी क्षेत्रका मुद्दाहरुमा आफूहरुसँग समेत सहकार्य गर्न सरकारसँग महासंघले माग गरेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया