Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराजको प्राउडली नेपाली अभियानको घोषणा : स्थानीय ब्रान्डहरूको प्रवर्द्धनमा मुख्य फोकस

दराजको प्राउडली नेपाली अभियानको घोषणा : स्थानीय ब्रान्डहरूको प्रवर्द्धनमा मुख्य फोकस


काठमाडौं । अनलाइन बजार दराजले प्राउडली नेपाली–प्रमोटिङ नेपाली ब्रान्ड नामक आफ्नो नयाँ अभियान घोषणा गरेको छ । कम्पनीले गत शुक्रबारबाट उक्त अभियान सुरु गरिसकेको जनाएको छ । कम्पनीको अनुसार विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवाहरू प्रदान गर्दै आएका नेपाली ब्रान्डहरूलाई हाइलाइट र प्रवर्द्धन गर्ने यस अभियानको मुख्य लक्ष्य छ ।

यो अभियान दराजको मूल मूल्यमान्यता ‘अप्लिफ्टिङ्ग कम्युनिटी थ्रु द पावर अफ कमर्स’भित्र पर्ने बताइएको छ । आफ्नो प्रत्येक अपरेटिङ क्षेत्रहरूमा स्थानीयकरणमा थप ध्यान केन्द्रित गर्ने कम्पनीको विश्वव्यापी दृष्टिकोणलाई फेब्रुअरीमा नयाँ प्रबन्धनिर्देशक, आँचल कुँवरको अनबोर्डिङसँगै बढावा दिइएको थियो । प्राउडली नेपाली अभियान, त्यो भिजन हासिल गर्नु तर्फ अर्को धक्का हो । साथै, कम्पनीका अनुसार प्राउडली नेपाली एक वान टाइम अभियान मात्र नभई एक दीर्घकालीन परियोजना हो, जुन वर्षभरि हरेक महिना जारी रहनेछ ।

यसबाहेक, यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेताहरूलाई आफ्नो अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्ने बताइएको छ । दराज सहयात्री र सारथिजस्ता विगतका कार्यक्रमहरूले ११ हजारभन्दा बढी बिक्रेताहरूलाई आफ्नो व्यवसाय अनलाइन स्थानान्तरण गर्न प्रत्यक्ष रूपमा मद्दत गरेका छन् । यो अभियानमार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पु¥याउन मद्दत गर्ने आशा राखेको कम्पनीले जानकारी दिएको छ ।

फुलु, जुआस, सीजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडा र थपजस्ता उत्कृष्ट नेपाली ब्रान्डहरूको साथ, यो अभियानले ग्राहकहरूलाई नेपाली ब्रान्डहरुबारे थप जानकारी दिने अवसर प्रदान गर्ने कम्पनीको दृढ विश्वास छ । यसका साथसाथै यो अभियानले स्थानीय ब्रान्डहरूले अन्तर्राष्ट्रियस्तरका उत्पादनहरू प्रदान गर्न नसक्ने औसत नेपाली उपभोक्ताको धारणालाई पनि परिवर्तन गर्न खोजेको कम्पनीले जनाएको छ । प्राउडली नेपाली अभियानले त्यो विश्वासलाई परिवर्तन गर्न र ग्राहकहरूलाई नेपाली ब्रान्डहरूलाई समर्थन गर्न र उनीहरूका वस्तु तथा सेवाहरूको उपभोग गर्न प्रोत्साहन र उत्प्रेरित गर्न खोजेको दराजको भनाई छ ।

अभियानको मुख्य सन्देशलाई–नेपाली ब्रान्डहरू प्रवद्र्धन गर्ने, थप फैलाउन, दराजले एफएनसीसीआई र सडफसँग मिलि एक रणनीतिक इकोसिस्टम बनाउन सफल भएको छ भने प्राउडली नेपालीको नेपालभर प्रचारप्रसारको लागि सबै मार्केटिङ च्यानलहरू प्रयोग गर्ने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया