Techie IT
×
गृहपृष्ठकर्पोरेटफोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त


काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो ।

वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा नौ वर्षभन्दा बढी सेवा अनुभव सम्हालिसकेका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ‘हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’को रूपमा काम गरिसकेका छन् । कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका थपासँग क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ‘क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनपेमार्फत अन्तरबैंक फण्ड ट्रान्सफर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया