Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुवावेको नेपालमा ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सुरु

हुवावेको नेपालमा ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सुरु


काठमाडौं । हुवावेले नेपाली विद्यार्थीहरूका लागि ‘सिड्स फर द फ्युचर’, कम्पनीको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम सुरु गरेको छ । हुवावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । यो कार्यक्रम नेपालका सबै आईसीटीसम्बन्धी विषयका स्नातक तहका विद्यार्थीहरुका लागि लागू हुने कम्पनीले जनाएको छ ।

कार्यक्रम पहिलो पटक थाइल्यान्डमा २००८ मा सुरु भएको थियो । त्यस बेलादेखि एक सय ३० भन्दा बढी देश र क्षेत्रका १२ हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् । यस वर्ष प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका सात जना विद्यार्थीले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा हुने पहिलो क्षेत्रीय कार्यक्रममा सहभागी हुन पाउनेछन् । यस वर्ष हुवावेले नेपालमा युनेस्कोसँग पनि साझेदारी गरेको छ ।

संस्थाले आफ्नो ‘नेक्स्ट ५०’ अभियानअन्तर्गत विद्यार्थीहरूलाई संलग्न गराउनेछ । कार्यक्रमले विद्यार्थीहरूलाई नेपालको आईसीटी उद्योगमा पहिलो अन्तर्दृष्टिहरू प्राप्त गर्ने र बैंककको नौ दिनको यात्रा गर्ने अवसर प्रदान गर्नेछ । बैंककमा, विद्यार्थीहरूले क्लाउड कम्प्युटिङ र एआईलगायत प्रमुख प्रविधिहरूमा प्रवेशस्तरका पाठ्यक्रमहरू प्राप्त गर्नेछन् भने टिच फोर गुड समूह परियोजनामा भाग लिनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया