Techie IT
×
गृहपृष्ठकर्पोरेटकलर नेस्क्टको पुनरागमन

कलर नेस्क्टको पुनरागमन


काठमाडौं । एसियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । रङभन्दा पनि डिजाइन अनुभवलाई अँगाल्न कम्पनीले शुक्रबार कलर नेक्स्ट २०२२ कार्यक्रम आयोजना गर्न लागेको हो ।

कम्पनीका अनुसार उक्त कार्यक्रममा चर्चित आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूको उपस्थिति रहनेछ भने सोसाइटी अफ नेपालिज् आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपालको सहभागिता रहनेछ । कम्पनीका अनुसार कलर नेक्स्ट एसियन पेन्ट्सको वार्षिक प्रवृत्ति पूर्वानुमानको अवसर हो, यसले डिजाइनको दिशानिर्देश हासिल गर्न विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गर्दछ । डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्तिहरू पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत छ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया